८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा ऐनबारे असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासङ्घले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

महासङ्घले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक–कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै निरन्तर सक्रिय रहेको जनाएको छ।

‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका माग/मुद्दाहरू सम्बोधन नगरी संसदमा ऐन दर्ता भएमा त्यसको ५ दिनभित्र काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलन गर्ने कुरा हामीले घोषणा गरिसकेको छौँ’,विज्ञप्तिमा उल्लेख छ।

भाद्र ३ र ४ गते प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा रहेका सांसदहरूसँग भेटघाट तथा छलफल गर्ने र यही अवधिमा प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम विज्ञप्तिमा उल्लेख छ।

यस्तै,भदौ ५ र ६ गते नागरिक समाज, सामाजिक अभियन्ता, अभिभावक महासङ्घ, विद्यालय व्यवस्थापन समिति, महासङ्घ, पत्रकार मानव अधिकारवादी सङ्घसंस्था लगायतसँग छलफल र संवाद गरी आन्दोलनप्रति ऐव्यवद्धता जारी गर्न पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

‘जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति काठमाडौं केन्द्रित सडक आन्दोलनको तयारीका लागि भदौ ६ गते भित्र सबै जिल्ला र प्रदेशमा आन्दोलन परिचालन समिति गठन गर्ने, महासङ्घको संरचना भएका जिल्ला तथा प्रदेशमा महासङ्घको नेतृत्वमा र त्यस्तो संरचना नभएका जिल्ला तथा प्रदेशमा घटक संस्था आबद्ध (सम्बद्ध) हरू बीच छलफल गरी समिति बनाउने र त्यसको विवरण केन्द्रमा पठाइने छ’,विज्ञप्तिमा भनिएको छ।

सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरूसहितको वृहत् अन्तरक्रिया गर्ने र ऐनको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको परिस्थिति आकलन गरी २०८० भाद्र ७ गते बस्ने राष्ट्रिय आन्दोलन परिचालन समितिले काठमाडौं केन्द्रित सडक आन्दोलनको निर्णय गर्ने महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस