८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखापरीक्षकका लागि १५ आवेदन, बहालवालादेखि पूर्व सचिवसम्मले जताए इच्छा 

महालेखा परीक्षक
अ+ अ-

काठमाडौँ । रिक्त महालेखापरीक्षकका लागि ठुलो सङ्ख्यामा दरखास्त परेको छ । ६ वर्षे कार्यकाल रहने महालेखापरीक्षकका लागि बहालवालादेखि चर्चित पूर्व सचिवहरूसम्मको दरखास्त परेको हो । टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त पदका लागि सरकारले १५ दिने सूचना माग गरेको थियो । दरखास्त दिने अन्तिम दिन सोमबार(हिजो) ५ बजेसम्म १५ जनाको दरखास्त परेको सिंहदरवार खास स्रोतले प्रशासन ब्युरोलाई जानकारी दिएको छ । 

दरखास्त दिने पूर्व तथा वहालवाला सचिवहरूमा गोपीनाथ मैनाली, तोयम राया, राम प्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी, शङ्कर खरेल र शिशिर कुमार ढुङ्गाना रहेका छन् भने महालेखापरीक्षककै कार्यालयबाट बहालवाला तथा पूर्व गरी राममाया कुँवर, वामदेव शर्मा अधिकारी, महेश्वर काफ्ले, चन्द्रकान्त भण्डारी, वैकुण्ठ अधिकारी र अशोक कार्की रहेका छन् । 

यसैगरी सिएतर्फबाट सुबोध कर्ण र हरि सिलवालको आवेदन परेको सिंहदरवार खास स्रोतले प्रशासन विशेष ब्युरोलाई जानकारी गराएको छ । आर्थिक पारदर्शिता क्षेत्रको अग्रणी र प्रभावकारी निकायका रूपमा मानिने महालेखापरीक्षकका लागि यति धेरै विशिष्ट श्रेणीबाट आवेदन पर्नुले पनि यसको महत्त्व प्रष्ट हुन्छ तर संस्थाको गरिमा र मर्यादा राख्न नसक्ने पदाधिकारीहरूको हातमा नेतृत्व परिदिँदा औचित्य माथि प्रश्न उठ्ने गर्दछ । 

सोझै पनि नियुक्त गर्न सकिने र यसअघि त्यसैगरी नियुक्तसमेत भएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छनौट प्रक्रियामा पारदर्शिता अपनाउन खोजेको देखिन्छ, यद्यपि राज्यका महत्त्वपूर्ण पदहरू ठुला दलको कोटामा बाँडफाँड हुने कुरा भने लुकाएर लुक्दैन । त्यसका बाबजुद पनि सक्षम, अनुभवी र इमानदार पदाधिकारी चयन गर्न सके संस्था मात्रै होइन, समग्र मुलुकको सुशासनमा टेवा पुग्ने कुरामा सरकारले ध्यान दिनै पर्छ । 

ठुला र प्रभावकारी अड्डामा हुने र गरिने ठुलै निर्णय तथा त्यसका लागि गरिने कसरत पनि ठुलै हुने नै भयो । घगडानहरुको यो दौडमा कसले बाजी मार्छ, त्यसका लागि भने केही दिन पर्खनै पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस