१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

अ+ अ-

काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेतविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूविरुद्ध बागी उम्मेदवारी परेको छ।

सबैभन्दा ‘हेभिवेट’ बागीका उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनुहँ– १ मा कांग्रेस पूर्वसहमहामन्त्री जोशी बागीका रुपमा खडा भएका हुन् । जोशीले स्वतन्त्र उम्मेदवारको हैसियतमा आफनो उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बागी नबन्न आग्रह गर्दा पनि जोशीले पौडेलविरुद्ध उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्तालगत्तै सञ्चारकर्मीसँग जोशीले भने, ‘म होइन, रामचन्द्रजी मेरो बागी उम्मेदवार हो।’

गृहजिल्ला रौतहट छाडेर काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको छ । काठमाडौं एमाले जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । यसअघि सो क्षेत्रबाट नेता नेपालले जितेका थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर चौधरीले उम्मेदवारी दर्ता गराएका छन । एक महिनाअघि आफंैले टीका लगाएर पार्टीमा प्रवेश गराएका झाले अध्यक्ष ठाकुर विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । चौधरी पूर्वस्वतन्त्र सांसद हुन् । ठाकुरले महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्रीले बागी उम्मेदवारी दिएका छन् । दुवै पार्टीबीच गठबन्धन भएअनुसार सिट बाँडफाँट गरे पनि राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले यादवविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । केन्द्रको गठबन्धन नमान्ने भन्दै ठाकुरले उम्मेदवारी दिएका हुन् ।

राजपा अध्यक्षमण्डलका नेता अनिलकुमार झाविरुद्ध पनि बागी उम्मेदवार खडा भएका छन् । दुई पार्टीबीच भएको गठबन्धन सहमतिविपरीत पूर्वसांसद तथा संघीय फोरम नेपालका नेता बबन सिंहले झाविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । २०६४ सालको संविधानसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका सिंहले केन्द्रको गठबन्धनलाई अस्विकार गर्दै उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । सिन्धुली–२ बाट मनोनयनपत्र दर्ता गराएका गजुरेलविरुद्ध माओवादी नेता रामकुमार पोखरेलले बागी उम्मेदवारी दिएका हुन् । माओवादी सम्बद्ध किसान संघका केन्द्रीय उपाध्यक्ष पोखरेलले बागी दिएपछि गजुरेललाई सकस पर्ने देखिएको छ ।

त्यसैगरी, सल्यानका माओवादी केन्द्रका उम्मेदवार टेकबहादुर वस्नेतविरुद्धमा पनि बागी उम्मेदवारी परेको छ । बस्नेतविरुद्ध उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यमा माओवादीका आधिकारिक दुवै उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । एमाले–माओवादी गठबन्धन सहमतिअनुसार सल्यान प्रदेशसभा सदस्यका लागि एमालेका प्रकाश ज्वालालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । नेविसंघका नेता क्षितिज भण्डारीले श्रीमती देउवाविरुद्ध कैलाली–५ बाट बागी उम्मेदवारी दिएका हुन् ।

दुई महिनाअघि मात्रै एमाले प्रवेश गरेकी गायिका कोमल ओलीले पनि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएकी छिन् । राप्रपा केन्द्रीय सदस्य ओली एमाले उपाध्यक्ष वामदेव गौतम र शंकर पोखरेललाई साक्षी राखेर एमाले पसेकी थिइन् । तर टिकट नदिएपछि दाङ–३ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार हिराचन्द्र केसीविरुद्ध ओलीले उम्मेदवारी दर्ता गराएकी हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस