१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सहसचिवको सरुवा तथा नियुक्ति : सम्पत्तिमा शाही, छेन्दु-दिल्लीमा राउत र अधिकारी

अ+ अ-

काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा तथा नियुक्ति गरेको छ । शुक्रवार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोगहरू तथा विभागीय प्रमुखको नियुक्ति तथा सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार सरकारले भारत र चीनका लागि नयाँ नियुक्ति गरेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा नयाँ महानिर्देशक पठाएको छ । 

सरकारले दिल्लीको ‘मिनिष्टर इकोनोमिक’मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । २०७९ भदौ ३१ गतेदेखि विभागको महानिर्देशकमा नियुक्त अधिकारी अध्ययनशील र विवादरहित अधिकारीका रूपमा चिनिन्छन् । उनकै कार्यकालमा नेपाल ‘ग्रे लिष्ट’को तत्कालीन जोखिमबाटसमेत जोगिएको थियो । 

सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई नकारात्मक सूचीमा राख्न गत माघमै प्रतिवेदन दिएकोमा तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाललाई सूक्ष्म निगरानीमा राख्दै सुधारका लागि एक वर्षको समय दिइएसँगै ठुलो जोखिमबाट जोगिएको थियो ।

त्यहाँ कार्यरत सहसचिव निता पोखरेल ४ चार वर्षे कार्यकाल सम्पन्न गर्दै साता दिन अघि मात्रै नेपाल फर्किएकी थिइन् । 

यसैगरी छेन्दु महावाणिज्य दूतका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव सुरेश राउतलाई पठाइएको छ । त्यहाँ कार्यरत दिनेश कुमार घिमिरे सचिवमा बढुवा भएसँगै महावाणिज्य दूत रिक्त रहेको थियो । 

रिक्त सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा केही समय अघि मात्रै अध्ययन सकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका पुष्प शाहीलाई पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस