६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ७ अर्ब दिने 

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको तेस्रो किस्ता दिन सहमति जनाएको छ।

तेस्रो किस्ता अन्तर्गत आइएमइफले ५ करोड १३ लाख डलर (६ अर्ब ७७ करोड रुपैयाँ) रकम सहयोग दिने भएको हो।

यही सेप्टेम्बर २१ देखि अक्टोबर ५ सम्म नेपाल भ्रमणमा रहेको आइएमएफ टोली र नेपाली अधिकारीहरूबीच यसमा सम्झौता भएको हो।

नेपालका लागि मिसन चिफको नेतृत्वमा आइएमफको टोली नेपाललाई दिइएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी) अन्तर्गतका भइरहेका सुधार कार्यक्रमहरूको कार्यान्वयन अनुगमन गर्न आएको हो।

आइएमएफको कार्यकारी समितिले पारित गरेपछि मात्रै यो सहयोग नेपालले प्राप्त गर्नेछ।

यो सहयोगसँगै नेपालले कुल ४९ अर्ब रुपैयाँमध्ये २७ अर्ब ११ करोड रुपैयाँ ९२० करोड ५४ लाख डलर० सहयोग प्राप्त गरेको हुनेछ।

नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो।

आइएमएफको यही विस्तारित कर्जा सुविधा अन्तर्गत राष्ट्र बैंकले आगामी वर्ष अन्तर्राष्ट्रिय परीक्षक मार्फत नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गराउने तालिका छ। 

यो सहयोग अन्तर्गत वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षण बलियो बनाउने र वित्तीय स्थायित्व कायम गर्ने, बैंकहरूको सम्पत्तिको गुणस्तरमा कोभिड–१९ को प्रभाव निगरानी गर्ने, सम्भावना भएका तर अल्पकालमा पुँजी अभावमा रहेका व्यावसायिक संस्थाहरूमा गएको कर्जाको पुनर्संरचना गर्ने कार्यक्रम छ।

त्यस्तै आइएमएफले रेमिटेन्समा भइरहेको उच्च वृद्धि, पर्यटन क्षेत्रमा आएको सुधार, प्रभावकारी आर्थिक र मौद्रिक नीतिको कारण बाह्य क्षेत्रमा सुधार भएको उल्लेख गरेको छ। 

चालु आर्थिक वर्ष २०८०र८१ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस