१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

अ+ अ-

गलकोट । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँ शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ ।  

युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका-३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ । 

साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं-४ स्थित निरयघाटमा तीन वटा  ब्लकको भवन निर्माण भइरहेको छ । 

अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ ।

नगरपालिकाको पहलमा  पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् । 

भवन निर्माणसहित डिपिआर अनुसारको संरचना तयार गर्न रु. १२ करोड खर्च लाग्ने अनुमान गरिए पनि अहिले मुख्य तीन वटा ब्लक भने अन्तिम अवस्थामा पुगेका छन् । 

तीन वर्षमा भवन निर्माण गर्न हालसम्म तीन करोड २५ लाख खर्च भइसकेको आश्रमका अभिभावक तथा भवन निर्माण समितिका अध्यक्ष शिव खड्काले जानकारी दिए । 

उनका अनुसार गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाखका साथै सामाजिक विकास कार्यालयबाट रु. ५० लाख, रघुगङ्गा गाउँपालिकाबाट रु. पाँच लाख,  गलकोट नगरपालिकाबाट रु. चार लाख, ताराखोला गाउँपालिकाबाट रु. दस लाख, बागलुङ नगरपालिकाबाट रु. सात लाख, बरेङ गाउँपालिकाबाट रु. छ लाख, बडिगाड गाउँपालिकाबाट रु. दस लाख, बेनी नगरपालिकाबाट रु. चार लाख र कालिका मन्दिरबाट रु. दस लाख गरी रु. एक करोड छ लाख व्यहोरिएको थियो ।

“सुविधा सम्पन्न भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारसहित स्थानीय पालिकाको सहयोग छ” उनले भने “अझै तीन करोड खर्च भएमा मात्रै आश्रमले सेवा दिन सक्नेगरी भवन तयार हुन्छ ।”

आश्रमले अहिले बागलुङ नगरपालिका-३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ । 

आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताए । 

भवनको ‘ए’ ‘बी’ र ‘सी’ ब्लक भवनको तीन तला ढलान भएर अहिले इँटाको पर्खाल लगाउने कार्य भइरहेको छ । 

आश्रममा हाल व्यक्तिगत रूपमा समेत रु. छ लाख ४८ हजार ४८६ सङकलन भएको छ । 

आश्रममा धौलागिरिमा सडक तथा पेटीमा भेटिएका बेसाहाराहरुलाई उद्धार गरी उपचार गरेर राखेको सो आश्रमले  स्थापना कालदेखि १५२ जनाको उद्धार, २८ जनाको पुनर्मिलन गराइसकेको छ । 

आश्रम सञ्चालनका लागि संयोजक, स्वास्थ्यकर्मी सहित पाँच कर्मचारी छन् । 

आश्रम साँघुरो हुँदा केही सहयोगापेक्षीहरुलाई अन्य शाखामा समेत स्थानान्तरण गरिरहेको बताउँदै संयोजक तामाङले आफ्नै भवन निर्माण भएमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङलाईसमेत सडक मानवमुक्त बनाइने जानकारी दिए । 

स्वास्थ्य सेवाका लागि समेत छुट्टै कक्षको स्थापना गरिएको  सो आश्रममा एक आश्रितका लागि मासिक रु. १५ हजार खर्च लागेपनि हालसम्म  मुठ्ठीदानबाटै सेवा सञ्चालन हुँदै आइरहेको छ । 

आश्रमका लागि  जन्मोत्सव, पितृकार्य र अन्य शुभकार्यमा सङ्कलित रकमले पनि टेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस