१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रले गर्‍यो स्वागत

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई निजी क्षेत्रले स्वागत गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्त्वपूर्ण अवसर सिर्जना भई थप ढोका खुल्दै जाने बताएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा विद्युत् उत्पादन भएको ११२ वर्ष पुगेको जानकारी गराउँदै अहिले २८३७ मेगावाट जलविद्युत् उत्पादन भइरहेकोमा २१ सय ७५ मेगावाट हिस्सा निजी क्षेत्रको रहेको बताए ।

उनका अनुसार अहिले निजी क्षेत्रले मात्र ३१ सय मेगावाटका जलविद्युत् आयोजना बनाइरहेको छ । निजी क्षेत्रले निर्माण गर्न तयारी अवस्थामा रहेको २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेको समेत उनले जानकारी दिए ।

नेपाल र भारतबीच विद्युत् आदान प्रदान हुन थालेको ५० वर्ष पुगेको भन्दै उनले सन् २०७१ देखि विद्युत् आदान प्रदान हुन थालेको बताए । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रारम्भिक सम्झौता भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला हस्ताक्षर भएको हो ।

अहिले अल्पकालीन रूपमा करिब ५ सय मेगावाट बिजुली निर्यात गरिरहेको नेपाल ठूलो मात्रामा बिजुली निर्यातको बाटोमा रहेको भन्दै यसका लागि निजी क्षेत्र तयार रहेको सन्देश समेत इप्पानले दिएको छ ।

१० हजार मेगावाट बिजुली निर्यातका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भन्दै इप्पानले त्यसका लागि निजी क्षेत्र तयार रहेको बताएको हो ।

प्रतिक्रिया दिनुहोस