१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र बैंकलाई आग्रह

अ+ अ-

काठमाडौँ । उद्योगी व्यवसायीले शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको उल्लेख गर्दै मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

हाल शोधानान्तर स्थिति र चालु खाता राम्रो हुँदा अर्थतन्त्रको बाह्य अवस्था बलियो बन्दै गएको र बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो पूँजी थु्रप्रियको बताएका उद्योगी व्यवसायीहरूले निजी क्षेत्रसँगै आम मानिसमा सकारात्मक सन्देश जाने गरी अर्धवार्षिक मौद्रिक नीतिमा राष्ट्र बैंकले समीक्षा गर्नुपर्नेमा जोड दिए ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा बाह्य क्षेत्र थप बलियो बन्दै गएको भन्दै अब राष्ट्र बैंकले मौदिक नीति खुकुलो बनाउनुपर्ने बताए ।

उनले भने, ‘राज्यले सही ढङ्गले लगानीमैत्री र आर्थिक गतिविधि विस्तार गर्ने खुकुलो नीति लियो भने आर्थिक गतिविधि खुकुलो बन्छ होइन भने आर्थिक गतिविधि घट्दै जान्छ । जुन उद्देश्यले पहिला संकुचित मौद्रिक नीति लिइएको थियो त्यसमा व्यापक परिवर्तन भैसकेको छ । हामी अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति गर्ने स्थितिमा पुगेका छौँ । शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको छ ।’ सँगै कार्यक्रममा रहेका राष्ट्र बैंकका कार्यकारी निदेशक गुरुप्रसाद पौडेललाई अग्रवालले भने, ‘कछुवाको तालले सुधारका गतिविधि गरेर हुँदैन अब द्रुत गतिले लिबरल मौद्रिक नीति अपनाउनु पर्‍यो ।’

राष्ट्र बैंकले मंगलबार जारी गरेको तथ्याङ्कमा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब,५२ करोड र विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघेको उल्लेख छ । यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि मौद्रिक नीतिबारे समीक्षा गरिनुपर्ने बताए । उनले अर्धवार्षिक रुपमा मौद्रिक नीति सकारात्मक वातावरण बन्ने गरी आउने अपेक्षा व्यक्त गरे ।

‘सूचाङ्कको हिसावले अहिले धेरै आर्थिक सूचाङ्कहरु सकारात्मक रुपमा देखिएको छ । विदेशी मुद्रा सञ्चिति होस् ,रेमिट्यान्स आप्रवाह वा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात यी सबै कुराहरू सकारात्मक हुँदाहुँदै पनि आम नागरिकमा सकारात्मक सन्देश जान सकेको चाहिँ छैन । अर्धवार्षिक रुपमा मौद्रिक नीति जुन आउँदै छ,यसले आम नागरिकमा आत्मविश्वास बढाउने हिसाबको पब्लिकमा सकारात्मक सन्देश जाने गरी आउने छ भन्ने आशा छ ।’ उनले थपे, ‘आउने दिनहरूमा अर्धवार्षिक मौद्रिक नीति र बजेटमा पब्लिकमा सकारात्मक सन्देश जाने नीति लिइयोस् भन्ने अपेक्षा गर्नु ।’

ढकालले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कानुनी बाधा अड्चन फुकाउन सरकारले बाह्र ओटा कानूनलाई अध्यादेश मार्फत भएपनि संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । ढकालले लगानी सम्मेलनको लागि विभिन्न कानुनी अड्चन देखिएकोले सम्मेलन अगावै सरकारले सम्भव भए विधेयकमार्फत नत्र अध्यादेशमार्फत भए पनि सम्बोधन गर्न सके त्यसले राम्रो सन्देश प्रवाह हुने बताए ।

‘आउने अप्रिलमा जुन लगानी सम्मेलन हुन गैरहेको छ ।हामीले १२ ओटा कानुनहरू संशोधन गरेर लगानीलाई प्रबद्र्धन गर्ने गरी सुझावहरु दिइसकेका छौँ । ती कानुनहरू लगानी सम्मेलन भन्दा पहिलानै चाहे अध्यादेशबाट वा विधेयकबाट परिमार्जन गर्न सकियो भने यसले राम्रो सन्देश जान्छ ।’उनले सरकारले नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन खोजिरहेको बेला समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने जनमानसमा परेको दुबिधा हटाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले उक्त भ्रमलाई चिर्ने प्रयास गरेको जानकारी दिए ।
‘नेपाल राष्ट्र बैंक र अरूले कर्जा लिएपछि तिर्नु पर्छ भनेर भनिरहनु भएको छ । हामी के प्रतिबद्धता गर्छौ भने राष्ट्र बैंकको नियम निर्देशन नमान्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गर्छौ । कर्जा लिएपछि तिर्नुपर्छ भन्ने खालको सन्देश जाने हिसाबले अर्थमन्त्रीले बोल्दिनु भयो भने सकारात्क बन्दै जान्छ वातावरण’ पौडेलले भने । पौडेलले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र सूचकको हिसाबले अहिले एकदम सबल भएको बताए । उनले आन्तरिक क्षेत्र पनि चलायमान र गतिशिल बन्दै जाने अवस्थामा रहेको उल्लेख गरे ।

उनले बैंक तथा वित्तीय क्षेत्र,लघुवित्त संघसस्थालगायतका संस्थाहरुबाट प्रवाह हुने कर्जालाई उत्पादनसिल क्षेत्रमा लगाउनुपर्ने बताए ।
’अब हामीले के सोच्नुपर्ने छ भने,कर्जालाई हामीले उत्पादनसिल क्षेत्रमा लैजानु पर्छ । कर्जालाई उपभोग्य क्षेत्रमा बढी प्रवाह गरियो भने अहिलेको यो दुर्लभ वित्तीय स्रोतलाई उत्पादनको क्षेत्रमा लगेर जुन अर्थतन्त्रको लक्ष्य राखेर अगाडि बढेका छौँ त्यता लैजान सक्दैनौ । गहिरो ढङ्गले यता सोच्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस