११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६औँ विश्व सम्मेलनमा अक्सफामले उठान गरेका मुद्दा

अ+ अ-

काठमाडौँ । विश्व सामाजिक मञ्चको १६ औँ विश्व सम्मेलन सम्पन्न भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ काठमाडौँको भृकुटीमण्डपमा सम्मेलनको आयोजना गरिएको थियो ।

सम्मेलनमार्फत अन्तर्राष्ट्रिय संस्था अक्सफामले आर्थिक असमानता, जलवायु परिवर्तन र लैङ्गिक असमानताका मुद्दा उठान गरेको छ । सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, छुवाछुत तथा रङ्गभेद, लैङ्गिक तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस भएको अक्सफामका रिजनल पोलेसी एण्ड क्याम्पियन कोअडिनेटर सुनिल आचार्यले जानकारी दिए । 

भृकुटीमण्डपमा पाँच दिन ९१५/१९ फेब्रुअरी २०२४० सम्म चलेको सम्मेलनमा आर्थिक असमानता, श्रम, आप्रवासन, मानव बेचबिखन, कृषि, खाद्य सम्प्रभुता, सुरक्षा, शिक्षा, कला र संस्कृति, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलनलगायतका विषयमा अक्सफाम केन्द्रित भएको उनले बताए । सम्मेलनमा विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा १३ वटा मुख्य विधामा आधारित भएर विभिन्न कार्यक्रमहरू सञ्चालन भएका थिए । अक्सफाम संसारभरका ८१ देशहरूमा साझेदारहरू र स्थानीय समुदायहरूसँग मिलेर काम गर्ने २१ संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । सबै खाले विभेदविरुद्ध आवाज उठाउँदै आएको विश्व सामाजिक फोरमले विश्वभर सन् २००१ देखि ‘अर्को विश्व सम्भव छ’ नाराका साथ सम्मेलन आयोजना गर्दै आएको छ ।

अक्सफामले नेपालमा सन् १९८० को दशकको सुरुदेखि नै जनसङ्ख्या, महिला र अन्य सामाजिक तथा आर्थिक रूपमा बहिष्कृत समूहहरूले भोग्नु परेको अन्यायलाई सम्बोधन गर्न विभिन्न पहलहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस