६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकहरूले रोके एसइईको उत्तर पुस्तिका परीक्षण

अ+ अ-

काठमाडौँ । काठमाडौँ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण कार्य रोकिएको छ । शिक्षकहरूले पारिश्रमिक कम भएको भन्दै उत्तर पुस्तिका परीक्षण रोकेका हुन् ।

प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनले एक विज्ञप्ति जारी गर्दै पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन् ।

नियमअनुसार एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षणमा सहभागी हुन चाहने शिक्षकका लागि सरकारले आह्वान गर्छ । सूचनाका आधारमा सम्पर्कमा आएकाहरूबाट विषयगत शिक्षकहरू छनोट गरिन्छ र एक दिनको अभिमुखीकरण तालिमपछि परीक्षणको काम सुरु हुन्छ ।

सोही अनुसार गत आइतबार ललितपुर र सोमबार काठमाडौँका शिक्षकहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । मङ्गलवारबाट पुस्तिका जाँच गर्ने कार्य सुरु हुन पर्ने थियो । तर त्यसो हुन सकेन । तालिम लिएर कापी जाँच हुनुपर्ने ठाउँमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक सङ्गठन र प्रधान र प्रगतिशील शिक्षक सङ्गठन विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तर पुस्तिका परीक्षण गर्न नसक्ने घोषणा गरेका छन् ।

कक्षा १२ को उत्तर पुस्तिका परीक्षणका लागि दिइने समान अर्थात् (प्रतिउत्तर पुस्तिका) ३० रुपैयाँ पाउनुपर्ने उनीहरूको माग छ । हाल एसइईको उत्तर पुस्तिका परीक्षणको २४ र सम्परीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकिएको छ । कर कट्टा गर्दा एउटा उत्तर पुस्तिका परीक्षणको २० रुपैयाँ जति शिक्षकको खल्तीमा पर्छ ।

नवनियुक्त शिक्षामन्त्रीले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइरहेको बेलामा उनलाई अप्ठेरो पार्न दलनिकट सङ्गठनले यस्तो अडान लिएको अनुमान छ । उत्तर पुस्तिका जाँच गर्ने चाहना प्रकट गरेर तालिमसमेत लिएपछि अन्तिम घडीमा आएर पैसा नबढाए कापी नजाँच्ने अडान लिइएको हो ।

प्रतिक्रिया दिनुहोस