६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका १० बैंकको ऋण पोर्टफोलियो मूल्याङ्कन गर्न ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक ‘सर्टलिस्ट’मा

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।

नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका हुन् । फर्मको योग्यताको आधार, अनुभव र क्षमताका आधारमा सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अहिले छानिएकालाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्नेछ । सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए । ३८ महिनाको लागि ईसीएफअन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख डलर सहयोग प्राप्त हुन्छ । यहीँ सुविधा लिनका लागि अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट्स क्वालिटी रिभ्यु’ गर्ने सर्त उल्लेख थियो ।

त्यस्तै मार्च २०२३ भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण भइसक्ने उल्लेख छ । सम्पत्तिको आधारमा ठूला १० वटा बैंकको ‘ऋण पोर्टफोलियो रिभ्यु’ हुनेछ । तर, विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यान्वयन गत वर्ष भएको ढिलाइसँगै धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस