१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केरामा देखिएको रोग नियन्त्रण गर्न कैलालीका किसानको माग

अ+ अ-

टीकापुर । कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् । किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवर्द्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग गरिएको छलफलमा किसानले यस्तो गुनासो गरेका हुन् ।

किसानले नेपालमा गत वर्ष पहिलो पटक केरामा पानामा (ओइलाउने) रोगको टिआर–४ प्रजाति भेटिएको हो । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टिआर–४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती गरिरहेका केरा किसान डुब्ने उनीहरूको चिन्ता छ ।

यो रोग माटोमा बस्ने ढुसी भएका कारण सङ्क्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको कृषिविज्ञको सुझाव छ । टिआर-४ प्रजाति कैलालीको टीकापुरका किसानको बारीमा देखिए पनि नियन्त्रणमा ध्यान नदिएको किसान टेकेन्द्र धामीले बताए ।

‘चारजना किसानको बारीमा पानामा रोग देखिएको भनिएको छ, तर क-कसको बारीमा देखियो भन्ने कुरा हामी किसानलाई पनि थाहा छैन’, धामीले भने, ‘गत वर्ष अवलोकन गरियो, त्यसपछि नियन्त्रणको काम भएको छैन, अब वर्षा भएपछि कति किसानको बारीमा यो रोग फैलिएको छ, थाहा हुनेछ ।’

गतवर्ष राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करिब आठ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करिब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्काय टीकापुरका उपप्राध्यापक आशिष घिमिरे गर्मी भएकाले यो रोग धेरै नदेखिए पनि वर्षा भएमा फैलन सक्ने बताउँछन् ।

घिमिरेका अनुसार पानामा रोगको यो प्रजाति पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नाका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रो पटक देखियो ।

छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ । उपप्राध्यापक घिमिरेले केरामा यो प्रजातिको रोग लागेमा खेती नै विनाश हुने जोखिम रहेको बताए । ‘धेरै लगानी जोखिममा पर्न सक्छ’, उनले भने, ‘किसान यो पेसाबाट विस्थापित हुने जोखिम बढ्छ ।’

सो सम्बन्धी छलफल कार्यक्रममा तीन पालिका टीकापुर, जानकी र लम्कीचुहाका कृषि शाखाका कर्मचारी, मूल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक व्यापारी, मध्यस्थकर्ता व्यापारी, खुद्रा व्यापारी सहभागी थिए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रूपमा सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ ।

यो याममा नेपालमा केरा अभाव हुने र भारतीय केराले बजार ढाक्दा यहाँ उत्पादन भएको केराले समेत मूल्य नपाएको किसानको गुनासो छ । यसका साथै केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे व्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

विषादीको प्रयोग घटाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने र समयमै ध्यान नदिए घरघरमा बिरामी बढ्ने अत्तरियाका थोक व्यापारी नन्दलाल भट्ट बताउँछन् ।

‘केरामा अत्यधिक विषादी प्रयोग हुन थालेको छ, यसले मानव स्वास्थ्यमा असर पार्छ’, भट्टले भने, ‘किसान र व्यापारी दुवैले विषादीको प्रयोग र असरबारे जानकार हुनुपर्छ, उपभोक्ता पनि कस्तो खानेकुरा खाँदैछु भनी सचेत हुन आवश्यक छ ।’

टीकापुरमा सिँचाइ आयोजनाको सहयोगमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द अवस्थामा छ । किसान र आयोजनाको लागत सहभागितामा रु तीन करोड बढी लागतमा बनेको च्याम्बर बन्द भएकाले सञ्चालनका लागि पहल गर्नुपर्ने समेत किसानले माग गरेका छन् ।

च्याम्बर बन्द भएपछि किसानले रु ३२ लाख भुक्तानी पाउन बाँकी रहेको केरा व्यवसायी सङ्घका अध्यक्ष दीपेन्द्र चौधरीले बताए ।

‘सिँचाइ आयोजनाले केरा खेतीमा मात्र नभई प्रविधि, वैज्ञानिक प्रविधि, गुणस्तर र बजारीकरणमा सघाउनुपर्छ’, उनले भने, ‘भारतीय केरा नेपाल भित्रिँदा नेपाली किसानको बारीमा केरा डम्पिङ भइरहेको छ, राम्रो उत्पादन नभए पनि हाम्रो बारीमा केरा अहिले पनि छ, सरकारले केरा किसानलाई संरक्षण गर्नुपर्छ ।’

अर्का थोक व्यापारी कर्णबहादुर मल्लले चार महिना फागुनदेखि जेठसम्म नेपाली केरा कम उत्पादन हुने हुँदा भारतीय केरा आउने गरेको बताए । ‘अन्य समयमा नेपालकै केराले बजार धान्छ, यहाँको केरा अन्य जिल्लामा जान्छ’, उनले भने, ‘मौसमले गर्दा फागुनदेखि जेठ महिनासम्म यहाँ कम केरा उत्पादन हुन्छ, यही मौकामा भारतीय केराले बजार ढाक्छ, यहाँ भएको उत्पादनले मूल्य पाउँदैन ।’

आयोजनाको कमान्ड क्षेत्रका तीन पालिकामा साढे पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । कार्यक्रममा कृषिविज्ञ कृष्ण न्यौपानेले कृषिमा असल अभ्यासका लागि किसानलाई अझै सचेतना चाहिएको र विषादीको अत्यधिक प्रयोग घटाउन प्राविधिक ज्ञान दिनुपर्ने बताए ।

जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले भातको विकल्पका रूपमा केरा प्रयोग गर्न सकिने भएकाले उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । ‘हामीले कृषिलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘केराले किसानलाई व्यावसायिक बनाउन र कृषिमा रमाउन सिकाएको छ ।’

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले पालिकासँग बजेट अभाव भएकाले कृषिमा सोचेजस्तो गर्न नसकेको बताए । ‘पानामा रोगबारे पटक पटक छलफल भएको हो, त्यसमा स्थानीय सरकारले मात्र केही गर्न सक्दैन, हामीले प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेका छौँ’, उनले भने, ‘बजेट तर्जुमा गर्ने तयारीमा रहेकाले केरा किसानका माग आए समेट्नेछौँ ।’

कार्यक्रममा आयोजनाका प्रमुख भरत कँडेलले किसान नै भोलिको भविष्य रहेकाले किसानलाई जोगाउने र बलियो बनाउने काममा आयोजनाले सक्दा प्रयास गरिरहेको बताए । ‘हामी किसानका माग र आवश्यकतामा आधारित कार्यक्रम गरिरहेका छौँ’, उनले भने, ‘किसानलाई प्रविधिको प्रयोगसँगै र गुणस्तरीय उत्पादनमा सक्रिय गराउने काममा हामी लागिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस