७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ट्राफिक कारबाहीको जरिवानामा बैङ्किङ प्रणाली लागु गर्दा राजस्व संकलनमा कमी

अ+ अ-

डोटी । डोटीमा सवारी नियम उल्लंघनका कसुरहरूको जरिवाना बापतको रकम बैंकीङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने प्रावधान लागु भएसङै राजस्व संकलनमा कमी आएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ५ हजार ४ सय सतहत्तर जनालाई कारबाही गरी २३ लाख ८ हजार राजस्व संकलन भएको थियो । 

त्यस्तै गरी आर्थिक वर्ष ०७९/।०८० मा ६ हजार १ सय पैचालीस जनालाई कारबाही गरी ३५ लाख २७ हजार हजार पाँच सय राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष ०८०।०८१ मा बैंकीङ प्रणाली लागु गरे पश्चात् २ हजार ६ सय ९८ जनालाई कारबाही गरी १८ लाख १२ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक जित बहादुर देउवाले बताए । 

अरू वर्षको तुलनामा आर्थिक वर्ष ०८०।०८१ मा बैंकीङ प्रणाली लागु गरे पश्चात् राजस्व संकलनमा कमी आएको समेत प्रमुख देउवाले बताए । 

त्यस्तै सडक दृघटनामा पनि कमी आएको छ । आर्थिक वर्ष ०७८।०७९ मा १३ वटा दृघटना भई १५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७९।०८० मा ८  वटा दृघटना भई ६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०८०।०८१ मा १२ वटा दृघटना भई १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले चेकिङमा कडाइ गर्नुका साथै जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नु, डोटी जिल्लाबाट सवारी चालक अनुमति पत्र उपलब्ध हुनु र जरिवाना बापतको रकम बैंकीङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने प्रावधान लागु भएसङै सडक दृघटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा समेत कमी भएका प्रमुख देउवाले बताए । 

सडक दृघटनामा न्यूनीकरण होस, ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरूलाई समेत जानकारी गराउँदै आएको समेत बताए । 

नियम उल्लंघनका कसुरहरूको जरिवानाबापतको रकम बैंकीङ प्रणालीबाट संकलन गर्ने प्रावधान लागु हुँदा पारदर्शिता हुनुका साथै ट्राफिक प्रहरीलाई सहज भएको समेत बताए । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरू मध्य डोटीमा मात्र बैंकीङ प्रणाली लागु भएकोले डोटीमा भित्रिने अधिकांश गाडीहरू छिमेकी जिल्ला डडेलधुरा र अछामबाट राजस्व तिरेर आउने जाने गरेको पाइएको छ । 

सवारी नियम उल्लंघनको कसुर लागेर ट्राफिक प्रहरीको नियन्त्रणमा परेको अवस्थामा सबैभन्दा पहिला बैंकमा गएर भौचर जम्मा गर्नु पर्ने प्रावधान भएकोले सेवा ग्राहीहरूका लागि झन्झटिलो भएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

ट्राफिक चेकिङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटर साइकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । ट्राफिक प्रहरी जिल्लाको आवश्यकता अनुसार कम भए पनि जिल्लाका मुख्य बजारहरू बुडर, मौवा, बिपी नगर, सानागाँउ, तिनतालि, सिलगढी र दिपायलमा नियमित चेकजाँच हुने गरेको छ । 

सुदूरका केही जिल्लाहरूमा आफ्नो बस्ने भवन र दरबन्दी अनुसारको कर्मचारी नहुँदा पनि आफू सँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरी आफ्नो सेवा नियमित रूपमा सञ्चालन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस