१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

अ+ अ-

म्याग्दी । मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायले परम्परागत ‘आगोदेउ’ पर्व भव्य रूपमा मनाएका छन्। बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म यो पर्व मनाउने गर्छन्।

आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने परम्परा रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले बताए। “धार्मिक विधिअनुसार कुकुर तिहारको दिन सुरु हुने आगोदेउ पर्वमा प्रकृतिको पूजा गरिन्छ,” उनले भने, “आगोका कारण कुनै विपद् नहोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन छ।”

पर्वको पहिलो दिन बरङ्जाको शिलाथुरस्थित थानमा मगरका झाँक्रीहरूले पूजा गरी पर्वको सुरुआत भएको मानिन्छ। दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजा गरी बलि चढाइन्छ र आगो बाल्ने तथा मार्ने परम्परा निर्वाह गरिन्छ। तेस्रो दिनमा कमेरोले रङ्ग्याइएको ढुङ्गालाई काटेर पूजा गरेपछि यो पर्व सकिएको मानिन्छ।

बरङ्जामा पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती, र बुढाथोकी थरका मगरहरूले आगोदेउ पर्वको संरक्षण गर्दै आएका छन्। वडाध्यक्ष रोकाका अनुसार, बाह्रौँ शताब्दीमा बरङ्जामा बसोबास सुरु भएदेखि नै यो पर्वलाई निरन्तरता दिँदै आएको हो।

बरङ्जाका मगरहरूले कात्तिकमा आगोदेउ र जेठमा धुले मेला विशेष धुमधामका साथ मनाउँछन्। जेठको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लगाउने चलन छ। हिउँदभरि खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुने भएकाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिएको वडाध्यक्ष रोकाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस