८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४९७ पसलमा कामपाको चाडपर्व लक्षित बजार अनुगमन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत असोज १० गतेदेखि सुरु गरेको पर्व लक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये १३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन्।

महानगरपालिका बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नूरनिधि न्यौपानेका अनुसार अनुगमन गर्दा २० वटा राम्रा भेटिएको पाइयो।

३११ वटा पसलमा मूल्य सूची थिएन। ‘२ सयवटा व्यवसाय नै दर्ता नगराई सञ्चालन भएका पाइयो’, पर्व लक्षित अनुगमनको समीक्षामा उनले भने, ‘यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाई, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल थिए।’

यसैगरी कात्तिक २९ गतेदेखि नियमित चलिरहेको मःम पसल, होटेल तथा रेष्टुरेन्टको अनुगमनका क्रममा ५२ वटा व्यवसायको जाँच गरिएको महानगरपालिकाले जनाएको छ। यस क्रममा ४५ वटामा व्यक्तिगत सरसफाइमा कमी देखिएको थियो भने ४० वटाको भान्छा र कार्यस्थलको सरसफाइमा कमी देखियो। १३ वटा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो उनको भनाइ छ।

प्रतिवेदनले उठाएका विषयमा धारणा राख्दै समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अनुगमन कार्य कारबाही गर्ने उद्देश्यले नभई उपभोक्ताले स्वच्छ, सुपथ र सहज सामान प्राप्त गर्ने वातावरणका लागि गरिएको बताइन्।

‘कसैलाई कारबाही गर्नु नपरोस्, जरिवाना तिराउनु नपरोस्। यस्तो आदर्श र स्वचालित बजार बनाउन सकियोस्। यसको निगरानीका लागि वडा स्तरीय अनुगमन समितिलाई सक्रिय बनाऔँ, क्षमता विकास गराऔँ, साझेदार कार्यालयहरूसँग सहकार्य बढाऔँ, बहुसाझेदार संयन्त्रबाट नतिजाका लागि काम गरौँ’, उनले भनिन्।

उनका अनुसार बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जाम जस्ता खाद्यवस्तुमा म्याद सकिएको भेटिएको छ। रसायन भएका वस्तुसँगै खाद्य वस्तु राखिएको, मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए। मसीले छापिएका लेबलको खाद्यवस्तुसँग सिधा सम्पर्क भएको अनुगमनका क्रममा देखिएको छ। 

प्रतिक्रिया दिनुहोस