१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् १९६१ पछिको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी वाइन उत्पादन

अ+ अ-

पेरिस । जलवायु परिवर्तनका कारण विश्वव्यापी वाइन उत्पादन यस वर्ष पुनः घटेको र सन् १९६१ देखिको सबैभन्दा निम्न स्तरमा पुग्ने भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले शुक्रबार बताएको छ ।

अन्तरसरकारी सङ्गठनका अनुसार विश्वव्यापी उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने २९ देशमा उत्पादन २२ करोड ७० लाखदेखि २३ करोड ५० लाख हेक्टरसम्म पुग्ने अनुमान गरिएको छ ।

मध्यम स्तरको २३ करोड १० लाख हेक्टोलिटर उत्पादनले सन् २०२३ को तुलनामा दुई प्रतिशत र पछिल्लो १० वर्षको औसतभन्दा १३ प्रतिशत कमी देखाएको छ ।

“दुवै गोलार्धमा जलवायुजन्य चुनौतीहरू पुनः विश्व उत्पादन मात्रा घटाउने प्रमुख योगदानकर्ता हुन्”, ओआइभीले एक प्रतिवेदनमा भनेको छ, “प्रारम्भिक अनुमानहरूले जलवायु परिवर्तनका कारण युरोपेली सङ्घ (इयु)वाइन क्षेत्रहरूमा जलवायु अवरोधहरूको जटिल परिदृश्य प्रकट गर्दछ ।”

ओआइभीका अनुसार सन् २०२३ जस्तै चरम वा असामान्य मौसमी घटनाहरूले विश्व उत्पादनमा मुख्य प्रभाव पार्छन् तथा प्रारम्भिक चिसो, भारी वर्षा र लामो सुक्खा अवधिले अङ्गुरको उत्पादकत्वलाई नाटकीय रूपमा प्रभावित पार्छ ।

गत वर्षको सबैभन्दा ठुलो उत्पादक फ्रान्सको उत्पादन २३ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । यो यस क्षेत्रको सबैभन्दा ठूलो गिरावट हो ।

इटालीले गएको वर्षको कम उत्पादनबाट थोरै सुधार गरी फ्रान्सलाई पछाडि पार्दै पुनः शीर्ष स्थान फेरि प्राप्त गरेको छ ।

“क्षेत्रहरूको एउटा सानो समूह–विशेष गरी संयुक्त राज्य अमेरिका र हङ्गेरी, जर्जिया र मोल्दोभासहित धेरै पूर्वी युरोपेली देशहरूले–अधिक अनुकूल जलवायु परिस्थितिहरू भोगे र औसत वा औसतभन्दा बढी उत्पादन मात्रा हासिल गरे”, ओआइभीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस