६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : मुख्यमन्त्री आचार्य

अ+ अ-

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् । 

आज मालारानी गाउँपालिका-२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव उद्घाटन गर्दै उनले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पुर्‍याइरहेका सन्दर्भमा अब यस्तो अभियान जरुरी रहेको बताएका हुन् । “हामीले गाउँमा विकास र सुविधा पुर्‍यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ”, मुख्यमन्त्री आचार्यले भने, “अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।”

उनले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यस अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । “राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्वदेशमै राम्रो कमाई गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनै पर्छ”, मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

यसैगरी उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । “गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसइई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नै पर्छ”, मुख्यमन्त्री आचार्यले भने ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस