११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाको टिप्पणी : पार्टीभित्रै लडेर थाकेका छौँ, कम्युनिस्टसँग फस्यौँ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी अहिले कम्युनिस्टसँग फसेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको कार्यक्रममा नेता कोइरालाले कम्युनिस्टहरूले काँग्रेसलाई बारम्बार दोष दिएर रक्षात्मक बन्ने गरेको बताए ।

‘कम्युनिस्टहरूले बारम्बार काँग्रेसलाई दोष दिइरहेका छन्, कम्युनिस्टसँग फसेको छ काँग्रेस अहिले,’ कोइरालाले भने, ‘हामी पार्टीभित्र आफैंबीच लडेर थाकेका छौँ, हामी एमाले, माओवादी, जसपा जस्ता पार्टीसँग लड्नु छ, आपसमा लडेर पार्टी बलियो हुन्न, एक ढिक्का हुनपर्छ ।’

आगामी चुनाव एक्लै चुनाव लड्न पार्टीभित्र एकताको खाँचो रहेको भन्दै उनले पार्टीभित्रको लडाइँ देखेपछि जनताले चुनावमा जित्दैन भनेर मत नदिने बताए ।

रोजगारी, शिक्षा र अन्य कारणले दैनिक १५ सय देखि २ हजार जना नेपाली विदेश जाने गरेको विषयले निराशा बढाएको उल्लेख गरे । देशभित्रै सम्भावना र अवसर छ भन्ने विश्वास जगाउन सुशासन दिन सक्नुपर्ने उनको भनाइ थियो ।

नेपालका विश्व विद्यालयहरूको पाठ्यक्रम परिवर्तन गरेर विद्यार्थीलाई स्वदेशमै पढ्ने र रोजगारीसँगै गर्ने अवसर सिर्जना गर्न राजनीतिक नेतृत्वमा संवेदनशीलता चाहिएको कोइरालाले औँल्याए ।

हाइड्रो पावर, सोलार, प्रांगारिक कृषि, जडीबुटी, फलफूल, सूचना प्रविधि र फोहोरबाट मल र ऊर्जा बनाएर राम्रो आर्थिक लाभ लिन सकिने कोइरालाले सुझाए ।

पार्टीका विभागहरूले नागरिकलाई फाइदा हुने र जनतासँग जोडिने काम गर्न निर्देशन दिँदै उनले महाधिवेशनमा पक्षरविपक्ष भए पनि अरु बेला एकजुट भएर पार्टी बलियो बनाउन लाग्न आग्रह गरे ।

कम्युनिस्टजस्तो कार्यकर्ता आधारित नभई मास बेस्ड (जनता आधारित) पार्टी भएकाले काँग्रेसको गति अलि सुस्त भए पनि अन्तर्राष्ट्रिय समुदायले काँग्रेसलाई हेरिरहेका कोइरालाले बताए । बिपीले अघि सारेको समाजवाद काँग्रेसले नछाडेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस