१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री खड्काले भने-‘हिमनदीहरू साना हुँदै गए, गम्भीर चुनौती आउन सक्छ’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताए ।

‘नेपालमा धेरैजसो जलविद्युत् परियोजनाहरू, सिँचाइ आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका साथै हिमनदीहरूको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढीकरण र जोखिम न्यूनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ,’ ऊर्जामन्त्री खड्काले भने ।

अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउन सक्ने बताए । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरू पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताए ।

‘नेपालका हिमनदीहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन्,’ उनले भने, ‘हाम्रा हिमनदीहरू क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत् आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ ।’

सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउँदै मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताए । जलवायु परिवर्तनका जोखिमहरू ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए ।

‘हामीले भविष्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गरी यदि अहिले नै उचित तयारी सुरु गरेनौँ भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउन सक्छ,’ उनले भने । मन्त्री खड्काले सरकार हिमनदीहरूको विस्तृत अध्ययन, जलचक्रको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस