५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले गर्‍यो कारागारभित्र सञ्चालित विद्यालयहरूको आधारभूत तह परीक्षाको अनुगमन  

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कारागारभित्रका विद्यालयहरूमा सञ्चालन गरिएको आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका टोलीले आज मंगलबार ३ वाट विद्यालयको भौतिक अवस्था, विद्यालयमा उपलब्ध सुविधा, पठन प्रक्रियासँगै आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको हो ।

त्यहाँ ३ वटा विद्यालय छन् । जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म सञ्चालित छ । बन्दी विकास आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । यस्तै श्री महिला बन्दी आधारभूत विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ ।  यी विद्यालयमा बालिग परीक्षार्थी छन् ।

जगन्नाथ माध्यमिक विद्यालयबाट २० जना परीक्षार्थीले आवेदन दिएका थिए । उनीहरूमध्ये श्री महिला बन्दी आधारभूत विद्यालयका १० जना महिला विद्यार्थी छन् । विद्यालय कक्षा ५ सम्म मात्र भएकोले उनीहरूले जनन्नाथबाट परीक्षा आवेदन दिए । परीक्षा भने महिला बन्दी विद्यालयबाटै दिइरहेका छन् । यसरी आवेदन दिएका २० परीक्षार्थीमध्ये १ जना पुरुष कैदमुक्त भएपछि अहिले जगन्नाथ परीक्षा केन्द्रका आवेदकमध्ये १९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।  

बन्दी विकास आधारभूत विद्यालयबाट १२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस्तै आफ्नै विद्यालयमा परीक्षा केन्द्र भएको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा २७ जना विद्यार्थीले परीक्षा लेखिरहेका छन् ।

कारागारभित्रको परीक्षा अनुगमन गरिसकेपछिको प्रतिक्रियामा शिक्षा अधिकृत इन्द्र दाहालले भने, ‘विद्यार्थीहरूमा आत्मविश्वास थियो । परीक्षा सञ्चालनका मापदण्ड पूरा भएको थियो ।’ उनले शैक्षिक कार्यक्रमसँग कारागारभित्रका विद्यालयहरूको प्रसंग जोड्दै भने, ‘महानगरपालिकाका लागि कारागारभित्र वा बाहिर जहाँका भए पनि सबै विद्यार्थी समान हुन् । ज्ञान, सिप र योग्यता विकासका अवसरहरू समान रूपमा प्रदान गर्नेछौँ । कारागारभित्रका विद्यालयमा पनि सुन्दर विद्यालय र हरित विद्यालय कार्यक्रम सञ्चालन भएको छ । विद्यालयको पूर्वाधारका लागि सहयोग गरेका छौँ । कारागार सुधार गृह हो । यहाँ रहनेको निश्चित समय हुन्छ । यहाँबाट फर्किने व्यक्तिको ज्ञान, सिप, क्षमता र शैक्षिक योग्यता वृद्धि गर्न सकियो भने भोलि उहाँहरू समाज रूपान्तरणका लागि सकारात्मक योगदान गर्ने नागरिक बन्नु हुन्छ । यहाँको शैक्षिक क्रियाकलापबाट यस प्रकार नतिजा आउँछ ।’

सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेल अनुगमनपछिको अनुभूति प्रकट गर्दै भने, ‘हामीले जेलभित्रका विद्यालयमा गरेको लगानीले प्रतिफल दिएको छ । अझै लगानी बढाएर जेलमा भएका धेरै व्यक्तिहरूमा शैक्षिक योग्यता विकास गर्ने अवसर दिन सकिने देखियो ।’

केन्द्रीय कारागारभित्र भएका ३ वटा विद्यालयमध्ये जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म छ । यस विद्यालयमा ३९६ जना विद्यार्थी छन् । यसमध्ये कक्षा ९ मा २४ जना, कक्षा ११ मा ६१ जना र कक्षा १२ मा ४९ जना विद्यार्थी छन् । यहाँ १८ वर्षदेखि माथि ५५ वर्षसम्मका विद्यार्थी अध्ययन गर्छन् । महानगरपालिकाबाट प्रदान गरिएको सहयोगबाट विद्यालयले कार्यालय कक्ष मर्मत गरेको छ । विद्यालयले महानगरपालिकाबाट कक्षा कोठाहरूको मर्मत, कम्प्युटर ल्याबमा सामानको उपलब्धताको अपेक्षा गरेको छ । अहिले कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला एउटै कक्षामा सञ्चालन गरिएको छ ।

अर्को बन्दी विकास आधारभूत विद्यालय हो । यस विद्यालयमा १७२ जना विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयको कक्षा १ मा अध्ययन गर्ने ८१ वर्षीय पुरुष सबैभन्दा पाको उमेरको विद्यार्थी छन् । महानगरपालिकाको सुन्दर विद्यालय परियोजनाअन्तर्गत विद्यालयका भित्ताहरूमा रंग लगाइएको छ । यस्तै सुन्दर विद्यालय परियोजनाअन्तर्गत पार्क निर्माण गरिएको छ । विद्यालयले बन्दी ज्ञानोदय पुस्तकालय सञ्चालन गरेको छ । अब कम्प्युटर ल्याब बनाउन पाए विद्यार्थीहरूलाई प्रविधिमा आधारित शिक्षा दिन सकिन्थ्यो । विद्यालयका प्रधानाध्यापकले अपेक्षा गरे ।

शिक्षालाई पहुँचयुक्त बनाउन महानगरपालिकाले यस वर्ष अटिजम, बौद्धिक अपांगता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूलाई परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी गराएको छ । ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूले सहयोगीसहितको विशेष सहुलियत लिएर परीक्षा दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस