१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सयौँ घर डेंगु पोजेटिभ

अ+ अ-

चितवन । चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ ।

यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो ।

सो अभियान (सर्वेक्षण) को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएको क्षेत्रका घर हेर्दा ५ दशमलव २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताए । कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राखिन्छ ।

उनका अनुसार राप्ती, कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३०६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो । उक्त अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए ।

भरतपुर महानगरपालिकाको चार हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको केसीले बताए । स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकुँडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । यो बीचमा मकवानपुरका एक व्यक्तिको डेंगुले ज्यान लिएको थियो ।

मुुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस