६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई ऊर्जा मन्त्री खड्काको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । 

उनले आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने बताए ।

मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विपन्न वर्गका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरेर डबल मिटरिङ गर्नसके उनीहरूको जीवनस्तरमा सुधार आउने भएकाले त्यसतर्फ सोच्नुपर्ने बताए । उनले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारण लाइन निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भन्दै निजी क्षेत्रलाई समेटेर प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् । 

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई भार परेको भन्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कम्पनी खडा गरे पनि उक्त कम्पनीले सोचेजस्तो काम गर्न नसकेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई १० वर्षदेखि बाँकी रहेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउनका साथै प्राधिकरणको हालको अवस्थाबारे श्वेतपत्र जारी गर्न निर्देशनसमेत दिए । उनले बजेट माग्ने तर खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

“आयोजना अध्ययन निजी क्षेत्रले चाँडो सके पनि सरकारी संयन्त्रमा भइरहेको ढिलाईले हामीलाई चिन्तित बनाएको छ, हिजो मागेको बजेटको प्रतिफल देखिएन भने आगामीका लागि कसरी माग गर्ने”, उनले प्रश्न गरे । वर्षे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले बजेटको सुनिश्चितता हुँदाहुँदै पनि राष्ट्रिय गौरवका आयोजनामा प्रगति हुन नसकेको बताए । उनले ऊर्जा विकासका क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै त्रिशूली थ्री वी आयोजना, मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए । आगामी आवदेखि आयोजनाका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तेस्रो चौमासिकसम्म आइपुग्दा काम सन्तोषजनक नभएको बताइन् । गत आवको तुलनामा यस समयसम्म बजेट कम खर्च हुनु दु:खद् भएको उनको भनाइ थियो । उनले प्राप्त सिलिङभित्र बसेर आगामी आवको बजेट बनाउनुपर्ने बताइन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले आयोजनाको प्राथमिकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । उनले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गरे ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरूले नौ महिनामा भएको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस