१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी मेडिकल कलेज सञ्चालकले भने-‘स्रोत सुनिश्चित भए मात्र आवासीय चिकित्सकलाई ४८ हजार भत्ता दिन सकिन्छ’

अ+ अ-

काठमाडौँ । निजी मेडिकल कलेजका सञ्चालकले स्नातक तह (पिजी)का आवासीय चिकित्सकको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने बताएका छन् ।

एशोसियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पिजीका आवासीय चिकित्सकको भत्ता सरकारी आठौँ तह सरह दिन नसक्ने अडान लिएको हो ।

पिजीका विद्यार्थीको निर्वाह भत्ता विषयमा चिकित्सक शिक्षा आयोगको १६ औँ बैठकले ४८ हजार ७३७ दिनुपर्ने तोकेको थियो । यो निर्णय आफूहरू र विश्वविद्यालयसँग छलफल नगरी आएकोले आयोगको १६ औँ बैठकले तोकेको भत्ता तत्काल दिन नसक्ने एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीको जानकारी दिए ।

“हामीले विद्यार्थीलाई ४८ हजार ७३७ रुपियाँ भन्दा बढी नै दिन चाहन्छौँ । तर, त्यसका लागि हामीसँग स्रोत छैन । उनीहरूले पिजी पढ्नका लागि विभिन्न किस्तामा बुझाउने २३ लाख रुपियाँ मध्ये हामीले पाउने जम्मा १० लाख हो । बाँकी युनिभर्सिटी र आयोगलाई बुझाउनुपर्छ । यदि हामीले उहाँहरूलाई मासिक ४८ हजार ७३७ रुपियाँ दिने हो भने हामीले तीन वर्ष पढाए बापत १६ हजार १७ रुपैयाँ पाउने रहेछौँ । यसरी त पिजी कार्यक्रम चलाउन सकिँदैन ।”उनले प्रष्ट पारे।

सरकारले समक्ष स्रोत सुनिश्चितता गरेमा यो निर्णय आगामी शैक्षिक शत्र देखि लागु हुने आयोगको बैठकमा प्रष्ट पारेको उनले बताए । निजी मेडिकल कलेजको स्रोत सुनिश्चितताका विषयमा आयोगको बैठकमा लिखित र मौखिक रूपमा कुरा राखेको डा. कार्कीको भनाइ छ । उनले अहिले निम्तिएको समस्याको सुरुवातकर्ता आफूहरू नभएको प्रष्ट पारे ।

उनले भने, “अहिले निम्तिएको समस्याको सुरुवात कर्ता हामी होइनौँ । समस्या बाहिरबाटै आएको हो । समस्याको समाधान गर्न दिनरात नभनी लागेका छौँ ।”

नेपाली काँग्रेसका सांसद एवं काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले यदि सरकारले स्रोत सुनिश्चितता गरिदियो भने पिजीका विद्यार्थीलाई ४८ हजार भत्ता दिन कुनै समस्या नरहेको बताए ।

बिचौलियाले निजी मेडिकललाई धराशायी बनाउन आवासीय चिकित्सकलाई उचालेर राजनीति गरेको उनले आरोप लगाए । यो समस्या बेलैमा समाधान नभएमा आगामी वर्षमा निजी मेडिकल कलेजले सिट सङ्ख्या कम लिए भने आगामी वर्ष सात आठ सय विद्यार्थी पढ्नबाट वञ्चित हुने धारण व्यक्त गरे ।

उनले भने, “भर्ना रोक्ने, भर्ना नदिने, फन्डा गर्ने, समस्या सिर्जना गर्ने र बच्चाहरूलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्रका निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धी कलेजहरू खत्तम गर्ने राजनीति भएको छ ।”

डा. कार्कीले पिजीका विद्यार्थीले दिने र लिने रकम दुवै सम्बन्धित विश्वविद्यालयले तोक्ने बताए । उनले भने ,“पिजीको भर्ना शुल्क र उहाँहरूलाई कति भत्ता दिने भनेर सम्बन्धित विश्वविद्यालयले तोकेर पठाएको हुन्छ । यसमा हाम्रो कुनै पनि हुँदैन । हाम्रो काम पढाउने मात्र हो । यदि निजी मेडिकल कलेजले गलत गरेको जस्तो लाग्छ भने विद्यार्थी अदालत जान सक्नुहुन्छ।”

निजी मेडिकल कलेजमा अध्ययनरत पिजीका आवासीय चिकित्सक सरकारी आठौँ तह सरह भत्ता दिनुपर्ने माग राख्दै २० औँ दिनदेखि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन् ।

यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस