११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागेश्वरी मनोहरा नगरपालिकामा एकीकृत सेवा केन्द्र सञ्चालन : एकै ठाउँबाट सबै सुविधा

अ+ अ-

काठमाडौँ । जनताको घरदैलोमा सेवा पुर्‍याउने उद्देश्यले स्थानीय सरकारहरूले पछिल्लो समय सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन विभिन्न उपाय अपनाइरहेका छन्। यसै सन्दर्भमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नगरपालिकाले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि एकीकृत सेवा प्रदान गर्न थालेको छ।

नगरपालिकाका मेयर उपेन्द्र कार्कीका अनुसार, यो सेवा केन्द्रको सुरुवातले सर्वसाधारणले फाइल बोकेर कोठा–कोठा भौँतारिनुपर्ने बाध्यता हटाउनेछ। उनले भने, “अब नगरवासीले एकै स्थानमा आएर आवश्यक सबै सेवा सजिलोसँग प्राप्त गर्न सक्छन्। यो नागरिकमैत्री प्रशासनको दिशामा एउटा ठूलो कदम हो।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले यो सेवा केन्द्रको उद्देश्य नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनु रहेको बताए। “अब सेवाग्राहीले विभिन्न शाखा खोज्दै भौँतारिनुपर्दैन। एकै ठाउँबाट सबै सेवा प्राप्त गर्न सकिने व्यवस्था गरेका छौँ,” उनले भने।

एकीकृत सेवा केन्द्र नगरपालिकाको भुइँतलाको खुला क्षेत्रमा स्थापना गरिएको छ। यो केन्द्र हरेक दिन बिहान १० बजेदेखि दिउँसो १स्३० बजेसम्म सञ्चालन हुन्छ। यहाँ सबै शाखाका प्रतिनिधि कर्मचारीहरू खटाइएका छन्, जो आफ्नो क्षेत्रमा विशेषज्ञतासहित सेवा प्रदान गर्छन्। यो कार्यप्रणालीले सेवा प्रवाहलाई छिटो र सरल बनाएको छ भने सेवाग्राहीको समय र श्रमसमेत बचाएको छ। विशेष गरी वृद्ध, अशक्त र कम जानकारी भएका व्यक्तिहरूलाई कोठा–कोठा चहार्नुपर्ने बाध्यता हटेर सहज भएको छ।

एकीकृत सेवा केन्द्रबाट नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू उपलब्ध छन्। यी सेवाहरूमा योजनाको सम्झौता, योजनाको भुक्तानी, नि:शुल्क नागरिक सहायता कक्ष, निवेदन लेखन, कागजातको फोटोकपी सेवा, हेल्प डेस्क, हेल्थ डेस्क, सामान्य स्वास्थ्य जाँच, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति, संघ–संस्था दर्ता तथा नवीकरण, प्रशासन शाखाबाट प्रदान गरिने सबै सिफारिस र कागजात प्रमाणीकरण, घर नक्सा पास, कृषि परामर्श, पशु पालकलाई पशु परामर्श र आवश्यक औषधि वितरण, राजस्व सङ्कलन तथा लेखा शाखाबाट हुने भुक्तानीसम्बन्धी कार्यहरू समावेश छन्।

यो नयाँ सेवा केन्द्रले जनतालाई उल्लेखनीय सहजता र सन्तुष्टि प्रदान गरेको छ। सेवाग्राही रमेश खड्काले भने, “पहिले एउटा काम गर्न कोठा–कोठा धाउनुपर्थ्यो। अहिले एकै ठाउँमा बसेर सबै सेवा पाइन्छ। मेयर, उपमेयर, हाकिम साबदेखि सबै शाखाका कर्मचारीले एकै स्थानमा बसेर सेवा दिइरहनुभएको छ। यसले हामीलाई निकै सजिलो भएको छ।”

यस्तै, नगरवासी निर्मला थापाले भनिन्, “वृद्ध आमाबुबालाई कुनै काम पर्दा एक्लै पठाउन सकिँदैनथ्यो। उहाँहरूलाई कुन शाखा कहाँ छ भनेर थाहा पाउन गाह्रो थियो। अहिले समय नहुँदा पनि उहाँहरू आफैँ सेवा केन्द्र गएर आवश्यक सेवा लिन सक्नुहुन्छ। यसले हामीलाई धेरै सहज बनाएको छ।”

नगरपालिकाले सुरु गरेको यो सेवाले जनतामा विश्वासको वातावरण सिर्जना गरेको छ भने स्थानीय सरकारप्रति भरोसा बलियो बनाएको छ। सेवा लिन लाइनमा बस्ने समय कम भएको छ र कर्मचारीसँग प्रत्यक्ष संवाद गर्ने अवसरले सेवा प्रवाहमा पारदर्शिता र जबाफदेहिता बढाएको छ।

स्थानीय सरकारलाई ‘गाउँको सिंहदरबार’को रूपमा चित्रण गर्ने नीतिअनुसार यो सेवा केन्द्रको सुरुवात महत्त्वपूर्ण कदम मानिएको छ। यसले स्थानीय सरकारलाई जनमुखी बनाउनुका साथै डिजिटल र एकीकृत सेवा प्रवाहतर्फ उन्मुख गराएको छ। प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने, “हामी सेवाको गुणस्तर, पारदर्शिता र समयमै सेवा प्रदान गर्ने लक्ष्यमा छौँ। यसले नगरपालिकाको समग्र कार्यसम्पादनमा सुधार ल्याउने विश्वास लिएका छौँ।”

यसबाहेक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र सेवामा पहुँचको चुनौती भोग्ने समुदायका लागि लक्षित सेवालाई थप सहज बनाइने नगरपालिकाले जनाएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाको एकीकृत सेवा केन्द्रको सुरुवातले सेवा प्रवाहमा उल्लेखनीय प्रभावकारिता ल्याएको छ। यसले जनताको दृष्टिमा स्थानीय तहप्रति विश्वास बलियो बनाएको छ। यो केन्द्रले सजिलो, छरितो र विश्वासिलो सेवा प्रदान गर्दै आएको छ। यस्तो अभ्यासले स्थानीय सरकारलाई जनतासँग अझ नजिक बनाउनुका साथै अन्य पालिकाहरूलाई प्रेरणाको स्रोत बन्नेछ। यसले समग्र स्थानीय शासन प्रणालीलाई समावेशी, पारदर्शी र जनमुखी बनाउने दिशामा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ।

प्रतिक्रिया दिनुहोस