१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : उपप्रधानमन्त्री यादव

अ+ अ-

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताएका छन् ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उनले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताए ।

उपप्रधानमन्त्री यादवले भने, ‘आयुर्वेद परम्परा, संस्कृतिसँग जोडिएकाले यसको प्रवद्र्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास गरिनुपर्छ ।’

उनले नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको बताए ।

जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने मन्त्री यादवको भनाइ थियो ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गरिन् ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम सुरु भइसकेको बताए ।

हामीले विभिन्न विषयमा अनुसन्धान गर्न तयारी थालेका छौँ, यसका लागि दुई छिमेकी भारत, चीनका विशेषज्ञसहितको गोष्ठी आयोजना गरिएको उनले स्पष्ट पारे ।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राडा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको बताए ।

‘नेपाल र भारत वातावरणीय, सांस्कृतिक, भौगोलिक र जैविक विविधतामा समान छन्, हामीले आयुर्वेदको विकासका लागि आपसी सहकार्य गर्दै आएका छौँ, यसलाई अझ मजबुत बनाउनुपर्छ’, उनले भने ।

आयुर्वेद नेपालको पनि सम्पत्ति भएकाले शैक्षिक, प्राविधिकलगायतका क्षेत्रमा सहकार्य गर्न राजदूतावासमार्फत सहकार्य गर्न सके प्रभावकारी हुने प्राडा शर्माले बताए ।

नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस