१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्नु खतरनाक !

अ+ अ-

अधिकांश पुरुषहरू पाइन्टको पछाडिको खल्तीमा पर्स, बाक्लो रुमाल, कागजात आदि राख्ने गर्छन् । यसले स्वास्थ्यमा पार्ने असरबारे धेरैलाई हेक्का पनि छैन । थुप्रैले त एकातिरको पकेटमा मात्रै पर्स राख्ने गर्छन् । यसले कस्तो असर गर्छ ? यसबारे अर्थो न्युरो हेल्थ केयर, लगनखेलका प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

पर्स र मेरुदण्डको सम्बन्ध के छ ?
थुप्रैले पाइन्टको पछाडिको खल्तीमा पर्स, बाक्लो रुमाल, कागजात आदि राख्ने गर्छन् । यसो गर्नेमा पुरुषहरू बढी छन् । तर, अधिकांशलाई यसले स्वास्थ्यमा पार्ने असरबारे हेक्का छैन । पाइन्टको पछाडिको खत्तीमा पर्स राखेर बस्दा त्यसले मेरुदण्ड दुख्ने तथा नशा च्यापिने पनि निम्त्याउन सक्छ ।

पाइन्टको पछाडि पर्स राख्दा कसरी मेरुदण्ड दुख्छ ?
नम्बर १ः पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्दा एकातिरको भाग उठ्छ र अर्काेतिरको भाग तल जान्छ । यसले मेरुदण्डलाई बंग्याउन सक्छ । सिधा हुनुपर्ने वस्तु बांगीदा दुखाई त निम्तिन्छ नै ।

नम्बर २ः चित्रमा जस्तै गरी सुरुमा मेरुदण्ड अस्थायी रूपमा बांगिन्छ । त्यसपछि स्थायी रूपमा बांगिन्छ । यो अवस्थालाई ‘स्कोलियोसिस’ भनिन्छ । यो समस्या १४–२० वर्षको उमेर समूहलाई बढि हुनेगरेको मैले देखेको छु । यस्ले पनि ठिक हुनै गाह्रो हुने खालको दुखाई निम्तिन सक्दछ ।
यो कुरा तलको चित्रमा देखाइएको छ ।

हेर्नुस् चित्र :

नम्बर ३ः वयस्कहरूमा पनि मेरुदण्ड बांगिने समस्या हुन्छ । एकातिर उठ्दा र अर्काेतिर तल पर्दा पेल्भिस (हिपको पूरै एरिया)लाई नै असर गर्छ । पूरै पेल्भिस तथा मेरुदण्डको एलाइण्मेन्ट बिग्रदा पनि मेरुदण्डको खतरनाक दुखाइ हुन सक्छ ।

नम्बर ४ः सिधा गरेर राख्नुपर्ने चिजलाई बांगो गर्दा केही न केही त असर त पर्छ नि । घरको पिलरलाई बांगो गरेर त राखिँदैन नि । मेरुदण्ड भनेको शरीर रुपी घरको पिलर हो । त्यसकारण मेरुदण्ड बांगिँदा यस्तो अवस्थामा मेरुदण्डका हड्डी रुपी पिलरलाई समात्ने लिगामेण्ट तथा मांसपेशीमा पनि नराम्रो असर पर्दछ जस्लेगर्दा दुखाई पैदा हुन्छ ।

नम्बर ५ः हाम्रो शरीरको हिप क्षेत्रमा साइटिक भन्ने शरीरको सबैभन्दा ठूलो नशा हुन्छ । पाइन्टको पछाडिको खल्तीमा एकातिर मात्रै पर्स राख्दा यो नशामा दबाब पैदा हुन्छ । यो हरेक दिन दोहोरिइरहन्छ जस्ले गर्दा साइटिक नशामा एकदम नराम्रो असर पर्छ । यसले साइटिका जस्तो नसा च्यापिने लक्षण पनि ल्याउन सक्छ ।

नम्बर ६ः पर्सको ठ्याक्कै माथि हिपका बिभिन्न मांसपेशी हुन्छन् । यी मांसपेशीको बीचबाट साइटिक नशा गएको हुन्छ । पछाडी पर्स राख्दा निरन्तर दबाबले ती मांसपेशी सुन्निने वा इन्फ्लामेसनले ग्रस्त हुने हुन्छ जस्कारण यी मासु बिचबाट गएको साइटिक नशा च्यापिएर पनि साइटिकाका लक्षणहरु देखिन सक्छ ।

नम्बर ७ : नेपालमा मेरुदण्डको दुखाइ नभएको मान्छे भेटाउनै गाह्रो छ । पहिलै भएको दुखाईलाई पछाडी पर्स राख्ने बानीले झन् बढाउने गर्छ ।

मुख्यतया यी ७ कारणले मेरुदण्डमा नसा च्यापिने, मेरुदण्ड, ढाड र कम्मर दुख्ने समस्या आउन सक्छ ।

त्यसो भए पाइन्टको पछाडिको खल्तीमा पर्स राख्नु स्वास्थ्यका लागि उपयुक्त छैन ?
एकदमै ठीक छैन । पर्स मात्र होइन यहाँ बाक्लो रुमाल वा कागजात आदि राख्ने बानी पनि राम्रो होइन । यो नराम्रो बानी हो । यसले स्वास्थ्य समस्या निम्ताउने त छँदैछ, त्यसमाथि पछाडिका पकेटमा राख्दा पर्स चोरी हुने सम्भावना पनि एकदमै बढी हुन्छ (हाँस्दै) ।

पर्सकै कारण ढाडमा समस्या भएका बिरामीहरू कति छन् ?
एकदमै छन् । मुख्यतया युवालाई यो समस्या धेरै देखिएको छ । अन्य उमेर समूहलाई भने त्यति धेरै देखिएको छैन । सयमा एक–दुई होलान् । जो आफ्नो सबै डकुमेन्ट पर्समा राखेर त्यसलाई मोटो बनाएर पाइन्टको पछाडिको खल्तीमा राख्छन्, ती व्यक्तिमा यो समस्या अझै बढी छ । हामीकहाँ टिनएज वर्गका थुप्रै बिरामी मेरुदण्ड बांगिएर आएको पनि मैले देखेको छु ।

यो समस्या कुन उमेर समूहका व्यक्तिहरू बढी हुने गरेको छ ?
१४–२० वर्ष उमेर समूह तथा भर्खरै कलेज जान लागेकालाई यो समस्या छ । त्यसपछि बाइक वा गाडीमा दौडिरहने वर्ग पनि यसबाट पीडित छ, जसमा १८–४० वर्ष उमेर समूहका व्यक्ति पर्छन् । अन्य उमेर समूहलाई यो खासै देखिएको छैन तर पछाडीका पकेटमा (त्यो पनि एक साइडमा बढि) पर्स, बाक्लो रुमाल वा कागजात आदि राख्ने र बस्ने गर्ने जो कसैलाई पनि यो समस्याले समात्न सक्दछ ।

उपचार कतिको सम्भव छ ?
एकदमै सम्भव छ । किनकि मैले हेरेका यस्ता सैकडौं केसहरूमा आजसम्म कसैलाई पनि अप्रेसनका लागि रिफर गर्नु परेकोे छैन । वयस्कमध्ये केहीमा भने मेरुदण्ड अहिलेसम्म सोझिएको छैन । तर युवा तथा टिनएजर्सका केसमा मेरुदण्ड पूरै सोझिएको र दुखाइ पूर्णरूपमा ठिक भएको छ । उपचार गर्न लागेका बिरामीले पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्नु हुँदैन । पर्स राख्नै परे अगाडिको खल्तीमा राख्ने वा ब्यागभित्र राख्ने गर्नु उत्तम हुन्छ ।

हामीले उपचार गर्दा सबैभन्दा पहिले दुखाइको कारण पत्ता लगाउँछौं । मेरुदण्ड बांगिएको हो कि नसा च्यापिएको हो वा मेरुदण्डमा असर परेको हो वा मेरुदण्डका मांसपेशीमा वा हिप अथवा मासुमा असर परेको हो त्यो पत्ता लगाउँछौं अर्थात् सुरुमा कारण पत्ता लगाउँछौं, त्यसपछि एकीकृत चिकित्सा पद्धति अनुसार उपचार गर्छाैं । कसैलाई विभिन्न थेरापी, विभिन्न उपचार पद्यति तथा कसैलाई मस्सल रिल्यााक्सेन्ट र भिटामिनहरुको पनि जरुरत पर्न सक्छ । हामी कारण पत्ता लगाएर त्यस अनुसार उपचार गर्छौं ।

यो समस्याबाट ग्रस्त बिरामीलाई कति समयमा पुरानै अवस्थामा फर्काउन सकिन्छ ?
समस्या कति पुरानो भएको हो त्यसमा डिपेण्ड हुन्छ । एउटै एज गु्रपलाई एउटै समस्या छ भने पनि सन्चो हुन फरक समय लाग्न सक्छ । किनकि बिरामीको जीवनशैलीले पनि उपचार प्रभावित गर्छ । पाइन्टको पछाडिको खल्तीमा पर्स राख्न छाड्यौं भन्दैमा रोग सन्चो हुने होइन । मान्छे कुन पोजिसनमा बस्छ, कसरी काम गरिरहेको छ, हामी त्यो सबै कुरा विचार गरेर बिरामीलाई उपयुक्त हुने प्रोटोकल बनाएर उपचार गर्छाैं । हाम्रो सेन्टरमा पनि उपचार गराउँछौं साथै घरमा गरिने उपचार र एक्ससाइज पनि सिकाउँछौं । कारण हेरेर हामी घरेलु उपचार पनि सिकाउँछौं । होमवर्क पनि भयो क्लास वर्क पनि भयो । अनि पेसेन्ट पूर्णरूपमा ठीक हुन्छ ।

डा. सुनिल पौडेल, संस्थापक निर्देशक, अर्थोन्युरो हेल्थकेयर, लाई प्रश्न सोध्न हटलाइन ९७४१३३३००९ वा  [email protected]

प्रतिक्रिया दिनुहोस