१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वटा क्याम्पसलाई क्युएए प्रमाणपत्र

अ+ अ-

नवलपरासी । यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पस र रुपन्देहीको भैरहवा रहेको भैरहवा बहुमुखी क्याम्पसले प्राप्त गर्न सफल भएका हुन् ।

साथै यसै वर्ष नेपालका लुम्बिनी वाणिज्य क्याम्पस, कैलाली बहुमुखी क्याम्पस तथा अन्य दुईवटा क्याम्पसले पनि क्युएए नवीकरण पत्र प्राप्त गर्न सफल भएका छन् ।

विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्दै थप दुई वटा क्याम्पसलाई यसपटक विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र दिएको हो ।

क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । अब चिसापानी बहुमुखी क्याम्पसलाई विभिन्न चरणमा १२ लाख नगदसहित अन्य निकायबाट सहयोग प्राप्त हुने उक्त क्याम्पसका प्रमुख विष्णु लम्सालले बताए

वि.सं. २०६९ साउन २१ गते आयोगमा दर्ता गरिएको निवेदनअनुसार क्युएए प्रमाणपत्र भएको उपलब्धिलाई थप परिस्कृत गर्ने र आगामी वर्षमा अझै थप मापदण्ड पूरा गर्दै जाने योजना रहेको उनको भनाइ थियो ।

क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्याम्पसको गुणस्तरीय अवस्थालाई पूर्ण प्रभावकारी बनाएरमात्र विश्वविद्यालय अनुदान आयोगमा निवेदन दर्ता गराउनुपर्ने हुन्छ । नेपालमा हाल सामुदायिक र प्राइभेट गरी एक हजार १६६, आङ्गीक ६०, गरी कूल एक हजार २२६ वटा क्याम्पस भएकामा २१ वटा क्याम्पसले मात्र हालसम्म यो प्रमाणपत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस