१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निर्माणमा बेथिति : सम्झौता सकिँदा पनि १० प्रतिशत मात्र पुल निर्माण

अ+ अ-

डोटी । सम्झौता सकिएको झण्डै १६ महिना बित्न लाग्दा पनि सातनाली पुलको १० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सातनाली–मेल्लेक सडकखण्डलाई केआइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका– १०, बान्डुंग्रीसैननिर सेती नदीमा पुल निर्माण गर्न २०७१ असार २९ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७४ असार २९ गते पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

सम्झौता सकिएर नविकरण अवधि सकिन लाग्दा पनि पुल निर्माण १० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सम्झौताको नविकरण अवधि पुस मसान्तमा सकिँदैछ ।

२०४९ सालमा निर्माण सुरु भएको सातनाली–मेल्लेक सडकखण्डमा पुल निर्माण सुरु भएपछि आफूहरू पनि सडक सञ्जालमा जोडिने आश लगाएर बसेका स्थानीयहरू पनि निराश हुन थालेका छन् । सेती नदीमा पुल नहुँदा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । ‘सडक बन्ने र गाडी चड्न पाइने आशमा उहिले सडकमा मजदुरी गर्ने धेरैको मृत्यु भइसक्यो,’ शिखर नगरपालिका–११ का एक स्थानीयले भने, ‘हाम्रो पालामा त होला भन्ने सोचेको त्यो पनि सम्भावना देखिँदैन ।’

यो सडक सधैं चुनावका बेला राजनीतिक मुद्दा मात्रै बन्ने गरेको तर कुनै पनि नेताले यसमा चासो नदेखाएको उनी बताउँछन्् । नदीमा पुल नभएकै कारण सडक निमार्ण समेत अलपत्र छ ।

डिभिजन सडक कार्यालय, कुलपातेका इन्जिनियर वसन्तकुमार गायी पुलको फाउन्डेसनमा समस्या भएकाले पुल निर्माणमा ढिलाई भएको बताउँछन् । ‘पिल्लरको फाउन्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन,’ इन्जिनियर गायी भन्छन्, ‘बोर पाइलिङ मेसिन ल्याउनुपर्ने भएकाले ढिलाइ भएको हो ।’ उनले निर्माता कम्पनीले मेसिन ल्याइसकेको जानकारी पाएको बताए । उनले भने, ‘निर्माण व्यवसायी कम्पनीले मेसिन महेन्द्रनगर पुगेको जानकारी दिएको छ, अब तिहार सकिएलगत्तै काम सुरु हुन्छ ।’

लामो समयदेखि रोकिएको काम आफू साइड इन्चार्ज भएपछि गत वर्ष सुरु गराएको इन्जिनियर गायीको दाबी छ । उनी केही निर्माता कम्पनीको लापरवाही भएको पनि स्वीकार्छन् ।

आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउँछन्, निर्माता कम्पनी पुष्प–राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउँद । उनी भन्छन्, ‘मेसिन आइसकेको छ । तर, कामदारहरू यतिबेला नपाइने भएका कारण मेसिन महेन्द्रनगरमै छ ।’ कामदारहरू पनि भारतबाट आउनुपर्ने भएकाले तिहारसम्म कुर्नुपर्ने उनी बताउँछन् । उनले थपे, ‘फाउन्डेसनको काम मात्रै समस्या हो, फाउन्डेसनको काम सकियो भने त सजिलै अरु काम हुन्छ ।’ भरसक आगामी असार मसान्तभित्र गाडी नै गुडाउने नत्र अधिकांश काम सम्पन्न गरिसक्ने योजना रहेको इन्जिनियर साउदको भनाइ छ ।

निर्माण कम्पनीले बोर पाइलिङ मेसिन नेपालमा नपाएको र विदेशबाट मगाउँदै गरेको भन्दै समय लम्ब्यायो । हाल कम्पनीले मेसिन आएको त दाबी गरेको छ । तर, निर्माण स्थलमा मेसिन नपुगेका कारण स्थानीयवासीहरू विश्वस्त छैनन् । ‘लगत्तै काम सुरु हुन्छ भन्ने त हामीले धेरै पटक सुनेका छौं । तर, काम सुरु कहिल्यै हुँदैन,’ एक स्थानीय भन्छन् ‘काम सुरु भए पनि दुई–चार दिन हुन्छ । फेरि बन्द हुन्छ ।’

मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख रूपैयाँको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्बाईको उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालयले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

पुल निर्माण हुने समयावधी समाप्त भएर थप एक वर्ष तीन महिना बितिसक्दा पुलका दायाँ र बायाँ पिल्लर समेत बनेका छैनन् । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेलधुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस