११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन अधिकृतको नतिजा प्रकाशन : सबैभन्दा बढी मकवानपुर ९, काठमाडौँ लगायत २० जिल्लाबाट एक/एक जना

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्रा.), नेपाल वन सेवा तर्फको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत वर्ष कार्तिक २९ गते खुल्ला तथा समावेशीका आधारमा पदपूर्तिका लागि माग गरेको ६६ पदमध्ये ६५ जनाको पदपूर्ति भएको छ ।

नेपाल वन सेवाका अधिकृतस्तरका पदहरूमा जिल्लागत रूपमा सबैभन्दा बढी मकवानपुर जिल्लाबाट ९ जना सिफारिस भएका छन् भने काठमाडौँ लगायत २० वटा जिल्लाबाट एक/एक जना सिफारिस भएका छन् । एक/एक जना मात्रै सिफारिस हुने जिल्लाहरूमा काभ्रे, महोत्तरी, सप्तरी, सिराहा, सुर्खेत, कपिलवस्तु, कैलाली, गोरखा, जुम्ला, दाङ, दार्चुला, धनुषा, धादिङ, बारा, भक्तपुर, रसुवा, रोल्पा, रौतहट र पाल्पा रहेका छन् ।

त्यसैगरी कास्की ६, कञ्चनपुर ४, चितवन र रुपन्देहीबाट ३/३ जना, पर्वत, बागलुङ, मोरङ, अर्घाखाँची, गुल्मी, तनहुँ, बर्दिया र बाँकेबाट २/२ जना सिफारिस भएका छन् ।

प्रदेशगतरुपमा भने प्रदेश ३ र ४ बाट बराबरी १७/१७ जना उत्तिर्ण भएका छन् । प्रदेश ५ बाट १५, प्रदेश २ र ७ बाट ६/६ जना र प्रदेश १ र ६ बाट २/२ जना सिफारिस भएको आयोगले जनाएको छ ।

सिफारिस भएका उम्मेदवारहरूको उमेर समूह २५ वर्षसम्मका ३० जना, २५ देखि ३० वर्ष उमेर समूहका ३१ जना र ३० देखि ३५ वर्ष उमेर समूहका १ जना रहेका छन् । वन विषयमा न्यूनतम स्नातक उत्तीर्ण उम्मेदवारहरूले वन सेवाको अधिकृत सरहको पदमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ । सिफारिस भएका उम्मेदवारहरूको न्यूनतम शैक्षिक योग्यताका आधारमा विशिष्ट श्रेणीका १७ जना र प्रथम श्रेणीका ४८ जना रहेका छन् ।

आयोगका अनुसार विज्ञापन भएका पदहरू खुलातर्फ ३५, महिला ११, आदिवासी/जनजाति ८, मधेसी ७, दलित २, अपाङ्ग २ र पिछडिएको क्षेत्रतर्फ १ जना गरी जम्मा ६६ पदमा गरी जनरल फरेष्ट्री समूहमा ५०, फरेष्ट रिसर्च समूहमा १, स्वायल एण्ड वाटर कन्जरभेशन समूहमा ७, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूहमा ५ र वोटनी समूहमा ३ वटा रहेको थियो । जसमध्ये बोटानी समूहमा मधेसीतर्फ १ पदमा पदपूर्ति हुन सकेन ।

२०७४ माघ/फागुनमा लिखित परीक्षा सम्पन्न भई अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको २०७५ मंसिर ३ गते देखि मंसिर १० गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता सञ्चालन भएको थियो ।

नेपाल वन सेवामा अधिकृत पदका उम्मेदवारहरूले प्रथम पत्रको लिखित परीक्षा १०० पूर्णाङ्कको वस्तुगत बहुवैकल्पिक प्रश्नका आधारमा र दोस्रो पत्र १०० पूर्णाङ्कको विषयगत परीक्षा दिनुपर्ने व्यवस्था छ । लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको १० पूर्णाङ्कको सामूहिक परीक्षण र लिखित परीक्षाको पूर्णाङ्क अनुसार लिखित परीक्षाको १०० पूर्णाङ्कका लागि २० र प्रत्येक थप १०० पूर्णाङ्कका लागि थप १० अंकका दरले हुन आउने अंकको अन्तर्वार्ता लिने व्यवस्था रहेको हुँदा अन्तर्वार्ताको पू्र्णाङ्क ३० हुन आउँछ ।

लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सामूहिक छलफलमा समूहमा काम गर्ने कौशल, समन्वय गर्ने स्तर, समस्यालाई हल गर्ने उपायहरूको क्षमताको अतिरिक्त नेतृत्व लिन सक्ने क्षमता, धैर्यता, व्यवहार, सृजनशीलता जस्ता विषयको परीक्षण हुने लोक सेवा आयोगको सहसचिव तथा प्रवक्त्ता किरण राज शर्माले प्रशासनसँग बताए ।

अन्तर्वार्तामा सम्बन्धित विषयको जानकारी, मनोवृत्ति, व्यक्तित्व, निर्णय गर्ने क्षमता, सहयोगी भावना, बानी, व्यवहार र नैतिक आयममा समेत सूक्ष्म परीक्षण गर्दै व्यवहारिक परीक्षण समेत गरी योग्यतमहरुलाई नियुक्तिका लागि छनौट गर्ने गरिन्छ प्रवक्त्ता शर्माले जानकारी दिए ।

यसअघिका परीक्षाहरूमा आयोगले वेबसाइटमा संख्यात्मकरुपमा नतिजा सार्वजनिक गर्दै आएकोमा केही समय यता आयोगका प्रवक्ता शर्माले विस्तृत जानकारीसहितको विश्लेषणात्मक विवरण दिने व्यवस्था गरेका छन् ।

यसबाट नेपाली नागरिकहरूले के कस्तो योग्यता र कुन कुन क्षेत्रबाट सहभागिता र सफलता प्राप्त गर्दा रहेछन् सो को जानकारी लिन सकिने एवं आउँदो दिनमा लिखित परीक्षामा उम्मेदवार हुनेहरुलेसमेत थप जानकारी लिन सकिएको उम्मेदवारहरूले बताए ।

प्रतिक्रिया दिनुहोस