१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधुनिक कृषि उपकरणको प्रयोगले किसानलाई सहज

अ+ अ-

तुलसीपुर । जिल्लामा पछिल्लो समयमा आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाई लगाने चलन विस्तारै हराउँदै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्नेक्रम घटेको तुलसीपुर–४ का किसान चित्रबहादुर वलीले बताए । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटो छरितो हुने उनले बताए ।

तुलसीपुर– १० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरेको स्मरण गरे । यस वर्ष भने उनले ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताबताए । ‘ट्र्याक्टरले जोत्दा दुई घण्टामै खेत जोतिन्छ, गोरुले भने चार पाँच दिन लाग्छ, थोरै रकमले समयमै सजिलै र छिटो खेती लगाउन सहज बनेको छ’, उनले भने ।

उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । ‘एक दिनको गोरु र मानिसले रु ७०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ’, अर्का किसान निर्मल वलीले भने । थ्रेसर मेशिनले धान दाउँदा प्रति घण्टा रु दुई हजार र जोत्दा प्रति घण्टा रु ८०० लिने गरेको उनले बताए । गाउँघरमा काम गर्ने मानिस पनि नभेटिने र प्रविधिको प्रयोगले सहज हुने भएकाले यहाँका धेरैजसो किसानले हिजोआज मेशिन प्रयोग गर्न थालेका छन् ।

कृषि प्राविधिक माधव केसीले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताए । ‘पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने र दाई हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्’, उनले भने । उपकरण र यन्त्रका प्रयोगले श्रम, लगानीको पनि सदुपयोग हुने बताइएको छ । जिल्लामा धान दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै गोडने मेशिनसमेत आएका छन् ।

प्रतिक्रिया दिनुहोस