११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा बाँदर आतङ्क, खेतीयोग्य जमीन बाँझै

अ+ अ-

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् ।

बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए ।

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लग्ने गर्दा स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको पार्वती चन्दको भनाइ छ ।

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताए ।’वर्षौँदेखि गाउँमा बाँदर आतङ्क छ’, उनले भने, ‘अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छाडेका छौँ ।’

खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको नगरपालिका–५ का स्थानीबासी डम्बर टमाटाले बताए । उनले भने, ‘घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।’

यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत पाँचरछ वर्षदेखि खेतमा बालीनाली नलगाई बाँझै छाडिएको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिए ।

बाँदरले सबै फलफूल समेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । यो मौसममा लाखौंँको सुन्तला, मौसम, अमिलो फल फल्ने यी क्षेत्रमा अहिले एक दाना पनि नभएको स्थानीयवासीले बताएका छन् ।

बाँदर आतङ्क रोक्न नगरपालिका–५ ले गतवर्ष रु एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भए पनि फेरि बाँदर फर्केर आएको वडाध्यक्ष भट्टले बताउनुभयो । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा स्तरीकरण गरिएको छ ।

बाँदर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नगरपालिकामा छलफल भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । बाँदरको आतङ्क बढेपछि नगरपालिकाले गतवर्ष बाँदर धपाउने अभियान शुरु गरेको थियो, तर त्यो सफल हुनसकेको छैन् ।

स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर लखेट्ने अभियान चलाएको भए पनि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको हो ।

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस