१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चियाको राजधानीमा कफीको व्यावसायिक खेती

अ+ अ-

इलाम । इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ ।

‘चियाकै प्रतिस्थापनका रूपमा चिनिएको कफीबाट लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात भन्दा कफीखेती सजिलो भएकाले यसतर्फ आकर्षित भएको हो,’ इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधान बताउछन् । प्रधानले हाल वार्षिक तीन देखि ४ सय मन (१ मनमा ४० किलो) कफी उत्पादन गछन् । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उनको भनाइ छ ।

खेती मात्र नभइ बिक्रीसमेत आफै गर्दै आएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आएका छन् । ‘पराम्परात खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ । चारदेखि पाँचवर्ष सम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,’उनले भने ।

प्रधानलेथपे,’हामी जेमा पनि दुःख नगरी हुदैन । दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।’ आम्दानी मात्र नभइ बजार पनि राम्रो भएकाले यसको खेती शुरु गरेको किसानको भनाइ छ ।

तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोलेका’ लामाले कफी खेती मात्र नभइ प्रशोधन गर्ने गरेका छन् । उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गरेका छन् ।

बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुनसकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए ।

नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ अधिकारीले भने, ‘पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।’

नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । प्रमुख अधिकारीका अनुसार नेपालमा ५ सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको ७ हजार टन कफीको माग छ । नर्सरीबाट बगैँचामा लगाएको ३ वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी ५/७ किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस