१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषकको आकर्षण जर्सी गाईपालन

अ+ अ-

अमरगढी । स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् ।

दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् ।

स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण भए पनि दूध कम आउने भएपछि जिल्लाका ग्रामीण भेगका किसान दूध बढी आउने जर्सी गाईपालनको व्यवसायतिर आकर्षत भएका हुन् । जिल्लाका केही गैरसरकारी संस्था र जिल्ला साविकको पशुसेवा कार्यालयबाट अनुदान पाएपछि स्थानीय जर्सी गाई कृषकको आकर्षणको केन्द्रविन्दु बनेको छ ।

२ वर्ष पहिले पशुसेवा कार्यालयले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गर्ने किसानलाई ढुवानी अनुदान दिएपछि जिल्लामा अहिले २२ किसानले जर्सीगाई पालनको शुरुआत गरेको कार्यालयका प्रमुख पशुपति नाथले जानकारी दिए ।

उनले पछिल्लो समयमा भैँसीलाई मासुको रूपमा बाहिर जिल्ला लैजाने गरेपछि भैँसीपालनको विकल्पमा जर्सी गाईपालनतिर कृषक आकर्षित भएको बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रको आलिताल गाउँपालिकाको सेरी तथा परशुराम नगरपलिकाको जोगबुढाका र तुलाभाडीका किसानले हाल जर्सीगाई पालन व्यवसाय शुरु गरेपछि स्थानीय बजारमा दिन प्रतिदिन बढ्दै गएको दूधको माग पर्याप्त हुन थालेको छ ।

हाल डडेल्धुरामा साढे ८ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्क छ । हाल डडेल्धुरा जिल्लामा मात्र करीब पाँच सय जर्सी गाई भित्रिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस