१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

अ+ अ-

काठमाडौं । सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो ।

हवाईमार्गबाट नौ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले वृद्घि भई कूल आगमन २ लाख ४८३ पुगेको छ ।

त्यस्तै श्रीलङ्काबाट आउने पर्यटक २०१७ को तुलनामा ५५.७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटक २६।४ प्रतिशतले वृद्घि भई आगमन सङ्ख्या तीन लाख ९६३ पुगेको छ ।

त्यस्तै नेपालका लागि दोस्रो प्रमुख स्रोत बजार चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतले बढी हो । यसैगरी थाइल्याण्ड, दक्षिण कोरिया र जापानबाट आउने पर्यटक पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्घि भएको छ ।

युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्घि भएको देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः १५.६, २३.१ र २१.१ प्रतिशतले वृद्धि भई ६३ हजार ०८६, ३६ हजार ८३३ र ३१ हजार ६५३ पुगेको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटक अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्घि भई ९१ हजार ७८५ पुगेको छ । त्यस्तै अस्ट्रेलियाबाट आउने पर्यटक १५.१ प्रतिशतले बढेर ३८ हजार ४०८ पुगेको छ ।

सस्ंकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको वृद्घिले सबैलाई उत्साहित बनाएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यप्राप्तीका लागि दरिलो आधार तयार भएको बताएको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१८ का अन्तिम दुई महीनामा नै करीब ४७ प्रतिशतको वृद्घि भएकाले भ्रमण वर्षलाई सार्थक तुल्याउने आधार तयार भएकाले थप सक्रियताका साथ लाग्नुपर्नेमा मन्त्री अधिकारीको जोड छ । उनले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासको फलस्वरुप यो सफलता हासिल भएको भन्दै अब गुणात्मक रुपमा पनि पर्यटनको विकास गर्न लागिपर्ने बताएका छन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डले आफ्नो स्थापनाकालदेखि नै अङ्गीकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्षयता पर्यटन आगमनमा देखिएको लगातारको वृद्घिले सम्पूर्ण पर्यटन सरोकारवालामा उत्साह र आत्मविश्वासको सञ्चार गरेको बताएका छन् । ‘सरकारी निकायहरु, निजी पर्यटन व्यवसायी र सञ्चारमाध्यमहरुबीचको सहकार्यलाई नै नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने मूलमन्त्रका रुपमा लिन सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस