३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

स्थापना: 2052 असोज 6 गते

पदाधिकारी

नवल किशोर साह सुडी

मन्त्री

दिनेश भट्टराई

सचिव

चक्र बहादुर बुढा

प्रवक्ता फोन न: 9851150374 ईमेल: [email protected]

केशव प्रसाद उपाध्याय

सूचना अधिकारी फोन नं.: 9851255354 इमेल: [email protected]

परिचय

“ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम” को रूपमा आ.व. 2039/040 मा शुरु भएको महिला विकास अभियान कार्यक्रमहरूबाट प्राप्त उपलब्धि, अनुभव र समसामयिक आवश्यकताका आधारमा 2052 असोज 6 गते ” महिला तथा समाज कल्याण मन्त्रालय” को स्थापना भयो । महिला तथा समाजका विभिन्न वर्गको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरण गर्दै दिगो शान्ति एवं विकासमा उनीहरूको भूमिकालाई सशक्त बनाउने कार्यमा संलग्न महिला तथा समाज कल्याण मन्त्रालयको नाम बालबालिकालाई अझ उच्च प्राथमिकता दिने हेतुले 2057 मा मन्त्रालयको नाम परिवर्तन गरी “महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय” नामाकरण गरियो । 2075 सालबाट यस मन्त्रालयको नाम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको छ ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, 2074 आनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्र भित्र महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका विषयहरु तोकिएका छन् । यसै गरी अनाथ बालबालिका, असहाय महिला, बृद्धरबृद्धा, अपाङ्गरअशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास पनि यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन् । यस मन्त्रालयको दायरा भित्र राष्ट्रिय महिला आयोग, समाज कल्याण परिषद्, समाज कल्याण केन्द्र बृद्धाश्रम र बाल मन्दिरका विषयहरु पनि पर्दछन् ।
महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी राष्ट्रियरअन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघरसंस्थासंग सम्पर्क र समन्वय तथा परिचालन र सरकारी तथा गैर सरकारी संघ र संस्थाद्वारा कार्यान्वयन गरिएका महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी कार्यक्रमको अनुगमन गर्ने लगायत धर्मपुत्ररधर्मपुत्री, लैंङ्गकि हिंसा सम्बन्धी विषयहरु पनि नेपाल सरकार -कार्य विभाजन) नियमावली, 2074 अनुसार यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्न आउँदछ ।

यसरी विभिन्न नीति, ऐन, नियम -कानूनहरु), दीर्घकालीन तथा आवधिक योजनाहरु, नेपाल पक्ष भएका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महासन्धि तथा इच्छाधिन आलेखहरु, नेपाल पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरु यस मन्त्रालयका कार्यादेशका आधारहरु हुन । यस बमोजिम मन्त्रालयले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेश्रो लिङ्गी समेतको लागि समय सापेक्ष नीति निर्माण, समन्वय र सहकार्य तथा कार्यक्रम संचालन-मूलतः सचेतना अभिबृद्धि र सशक्तिकरण गर्ने कार्य गर्दछ ।

समग्रतामा मूलप्रवाहीकरण, सशक्तिकरण र समावेशीकरण जस्ता रणनीतिको आधारमा समतामय सम्पन्न समुदाय निर्माण गर्न विभिन्न विपन्न वर्गका लागि समयको प्रवाहसंगै सार्थक पहल गर्ने उद्देश्यपूर्तिका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय स्थापना भएको हो ।

सेवाहरू

नेपाल सरकार (कार्य-विभाजन) नियमावली, 2074 अनुसार

1. महिला हक एवं सशक्तिकरणसम्बन्धी नीति, कानून र मापदण्ड
2. अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री
3. महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण
4. जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्ति सम्बन्धी
5. महिला सशक्तिकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन, अनुसन्धान
6. लैङ्गिक हिंसासम्बन्धी निरोधात्मक र पुनर्स्थापनासम्बन्धी नीति, कानून र मापदण्ड
7. बालबालिका, बालकल्याण, उद्धार, पुनर्स्थापना र बृद्धाश्रमसम्बन्धी नीति, कानून, र मापदण्ड
8. गैरसरकारी संस्थासम्बन्धी नीति, कानून, मापदण्ड, नियमन र अनुगमन
9. राष्ट्रिय महिला आयोग
10. समाज कल्याण परिषद्
11. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
12. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन ।