योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।