नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।