एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित
काठमाडौँ । एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन्। बैंकका प्रमुख सल्लाहकारसमेत रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका हुन्।