स्वास्थ्यकर्मीद्वारा कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दोलन घोषणा
रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् । उनीहरुले सङ्घर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्...