सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त
काठमाडौँ । सांस्कृतिक संस्थानको महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय भएको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सानीभेरी गाउँपालिका वडा नम्बर-६ रुकुमपश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।