काभ्रेका आठ स्थानीय तहद्वारा भू-वर्गीकरण
काभ्रेपलाञ्चोक । सरकारले भू-उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभाबी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९...