६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक निर्माणमा साझा मनोविज्ञानको आवश्यकता– मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालको विकासका लागि साझा मनोविज्ञानको आवश्यकता औँल्याएका छन् ।

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) को १३ औँ वार्षिकोत्सवको अवसरमा सनिवार आयोजित कार्यक्रममा मन्त्री कार्कीले जातजाति, धार्मिक, राजनीतिक आस्थाभन्दा माथि उठेर सबै मिलेर मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए ।

“हामी आफ्नो देशमा काम गर्नुपर्दा गर्दैनौँ, तर त्यही काम अन्य देशमा गएर मेहनतका साथ गछौँ, अब यो संस्कारलाई सुधारेर मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दिगो विकासका लागि साझा मनोवल बनाउनुपर्छ”–सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भने ।

‘हातहातमा मोबाइल, घर घरमा इन्टरनेट’को नारालाई पूर्णता दिन सबैभन्दा पहिला प्रत्येक विद्यालय र अस्पतालमा निःशुल्क इन्टरनेट सेवालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको मन्त्री कार्कीको भनाइ छ । मन्त्री कार्कीले पछिल्लो समयमा राजनीतिक पार्टी केन्द्रित र सहर केन्द्रित मात्र पत्रकारिता भएको भन्दै समाजमुखी र गाउँ केन्द्रित पत्रकारितामा जोड दिए ।

कार्यक्रममा व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको नेपाल टेलिकमलाई हरेक हिसाबले जनतासामु पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार सचिव महेन्द्रमान गुरूङले नेपाल टेलिकमलाई नाफामूलकभन्दा पनि सेवाप्रदायक सम्पनीका रूपमा उत्कृष्ट बनाउन आवशयक रहेको बताए ।

कार्यक्रममा टेलिकममा कार्यरत १० जना कर्मचारीलाई जनही ५० हजार राशिसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी करिब २०० कर्मचारीलाई २० वर्षेदीर्घ सेवापदक तथा १७ कर्मचारी सम्मानित भएका छन् ।

वार्षिकोत्सवको अवसरमा टेलिकमले युनआई शान्तिमार्गको निकासको लागि काठमाडौँ महानगरपालिकालाई रु ४० लाख हस्तान्तरण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले टेलिकमलाई समयअनुसारको एक्लो प्रतिस्प्रर्धी कम्पनीको रूपमा अगाडि बढाउनुपर्छ भने ।

नेपालमा दुरसञ्चार सेवाको सुरूवात, विकास, विस्तारको कार्यमा समर्पित रहेर एक शताब्दी लामो इतिहास बोकेको दूरसञ्चार सेवाप्रदायक २०६० माघ २२ गते ‘कम्पनी’को रूपमा स्थापना भएपश्चात नेपाल टेलिकम सनिवार आफ्नो स्थापनाको तेह्रौँ वर्ष पूरा गरी चौधौँ वर्षमा प्रवेश गरेको छ ।

तेह्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार थियो भने अहिले एक करोड ६२ लाखभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो ।

सोही अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले मुलुकको ७५ जिल्लामा ताररहित प्रविधिमा आधारित मोबाइल तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि ग्राहकमा निरन्तर वृद्धि भएको बताए । आजदेखि प्रिपेड सेवाग्राहीलाई समेत ‘फोर जी’ सेवा उपलब्ध गराइएको छ ।

पछिल्लो पटक टेलिकमले गएको पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको ‘फोर जी’ सेवाग्राहीलाई आगामी दिनमा मुलुकभर पुर्याउने उद्देश्य लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस