१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

अ+ अ-

म्याग्दी । म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ ।

विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए ।

पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी ‘आइपास’ नामक संस्थाले जिल्लामा आधुनिक सेवासँगै ग्रामीणस्तरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय सुधार आएको आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालले बताइन् ।

“असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । हरेक तीन महिनामा सेवाग्राहीको समस्या र सेवाका बारेमा छलफलसमेत हुन्छ”, बरालले भनिन् । उनले ग्रामीण क्षेत्रमा सेवाका बारेमा जानकारी नभएकै कारण वा स्वास्थ्य संस्थामा पहुँच, त्रासलगायतले असुरक्षित गर्भपतन र मानवीय दुर्घटनाका घटनासमेत हुने गरेको अवस्थामा सेवाग्राहीको परिचयलाई गोप्य राखेर समेत सेवा उपलब्ध गराइएको जानकारी दिइन् ।

यसैबीच, सेवालाई प्रभावकारी बनाउन डा रोशन न्यौपानेको नेतृत्वमा बेनी नगरपालिकाको सिङ्गा तातोपानीस्थित स्वास्थ्य चौकीको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सुविधा थपिएपछि स्वास्थ्य चौकीबाट १३ जनाले सेवा लिएको पाइएको छ जसमा २४ वर्षमुनिका एक र गर्भपतन गरेर नियमित अस्थायी साधन प्रयोग गरिरहेका सातजना रहेको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो तीन महिनामा सामान्य पूर्वाधार भएका कारण सेवा लिन सदरमुकाम बेनी जाने गरेका थिए । जिल्लामा गत आर्थिक वर्षमा एकहजार दुईसय ८१ जनाले स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिएका थिए । सुरक्षित प्रसूति सेवाबाट बच्चा जन्माउने र पतन गर्ने करिब एउटै सङ्ख्या रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस