९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हजार बढी बालबालिका विद्यालय बाहिर

अ+ अ-

दाङ । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।

विद्यालय भर्ना अभियानका लागि राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको यो अभियान खासै प्रभाकारी हुन नसक्दा हाल जिल्लामा दुई हजार २०८ जना विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

जिल्ला शिक्षा कार्यालय, दाङका अधिकृत देवमणि चौधरीले हालै शिक्षा कार्यालय दाङले गरेको सर्वेक्षणमा गरिबीका कारण एक हजार ५२ जना, घरदेखि विद्यालय टाढा हुँदा एक हजार ६२ जना, भाषाको समस्याका कारण ३१ जना र अन्य कारणले गरी विद्यालय जाने उमेरका दुई हजार २०८ जना बालबालिका, विद्यालयको पहुँचभन्दा बाहिर रहेको जानकारी दिए ।

अभिभावकले आफूहरूलाई सधैँ मजदुरी गर्नुपर्ने, बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गर्न नसक्ने र घरायसी काम गर्नुपर्ने बाध्यता रहेको र त्यसको मुख्य कारण गरिबी रहेकोले आफूहरूले छोराछोरीलाई पठाउन नसकेको बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय, दाङका अनुसार विद्यालय बाहिर रहेकालाई विद्यालयमा ल्याउन विभिन्न उपाय अपनाए तापनि सोअनुसारको उपलब्धि हासिल हुन सकेको छैन । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् ।

शिक्षा कार्यालयले दुई हजार बढी बालबालिका विद्यालयको पहुँच बाहिर रहेको जानकारी दिए पनि जिल्लामा त्यो सङ्ख्याभन्दा धेरै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको आँकलन गर्न सकिन्छ । दुईवर्ष अगाडि दाङमा १३ हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेका थिए ।

जिल्लाको सुगम क्षेत्रभन्दा पनि दूरदराज, विकट क्षेत्र, सिमावर्ती क्षेत्रमा यस्ता बालबालिका बढी रहेका छन् । त्यसमा पनि जनजाति समुदायका धेरै बालबालिका विद्यालय बाहिर छन् । विद्यालयको नजिकमा रहेका बालबालिकालाई वैशाख १५ गतेसम्ममा भर्ना गरिसक्नुपर्ने व्यवस्था गरेर भर्ना अभियान सुरु गरिएको हो ।

विद्यालय बाहिर रहेका बालबालिकाको निःशुल्क रूपमा भर्ना, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा विद्यालय पोसाकलगायतका सामग्री पनि निःशुल्क रूपमा प्रदान गरिने शिक्षा कार्यालयको योजना रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस