१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द

अ+ अ-

म्याग्दी । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् ।

पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ ।

बर्सेनि मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षदेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्दै आएको बरङ्जाको अर्जेखोलामा सञ्चालित पानीमिल बन्द गर्नुपरेको सञ्चालक डिलबहादुर श्रीसले बताए ।

“अझै केही वर्ष यस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो भने पानीमिल व्यवसाय नै विस्थापित हुन सक्छ” उनले निरास हुँदै भने । सो मिलमा तोरीसहित दैनिक १५÷१६ मुरी धान, गहुँ, मकै, कोदो आदि अन्न कुटानी पिसानी हुने गर्दथ्यो ।

पानीमिलमा कुटानी पिसानी गरेको अन्न खानका लागि स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने बरङ्जा दुर्दीका मनलाल खत्रीले बताएयो ।

“घट्टभन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भण्डारण गरेर उपभोग गर्दा पनि किरा लाग्दैन” खत्रीले पानीमिलको फाइदाबारे वर्णन गर्दै भने “खाँदा पनि स्वादिलो हुन्छ ।”

तर अहिले मिल बन्द हुँदा ग्रामीण क्षेत्रका बासिन्दा चिन्तित भएका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले बताए । डिजलमिलको तुलनामा पानीमिल करिब पाँच गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस