९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीपोखरीको पुनःनिर्माण समयमा सक्न निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ ।

सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरुलाई भए पनि यसको ढाँचा कामपाले नदिँदा काम रोकिएको बताउनुभयो । कामपाले ढाँचा दिएको दुई महिनाभित्र नै आफूहरुले सबै काम सक्ने जिकिर उनको छ ।

कँडेलका अनुसार छ करोड २९ लाखमा आफूहरुलाई पोखरीको माटो निकाल्ने, साजसज्जा, पर्खाल बनाउने जिम्मा दिएको र अहिलेसम्म अन्य काम भइसकी साजसज्जाको काम मात्र बाँकी रहेकाले केही समयमा नै काम सक्ने जानकारी दिए ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन दुई वर्ष लगाएर वि.सं. १७२७ मा पोखरी निर्माण गराएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा कामपाले विकास गर्दैछ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारिएको छ । पोखरीको दक्षिणपट्टि प्रताप मल्ल र उनका छोराहरुसहितको सेतो हात्तीको मूर्ति छ । यस्तै पोखरीका चारैदिशामा गणेशलगायतका मूर्ति पनि छन् ।

वि.सं. २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको भाइटीकाका दिन मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर यस वर्षको तिहारमा पनि सर्वसाधारणले प्रयोग गर्न नपाउने भएका छन् । रानीपोखरीको सबै पुनःनर्माणको काम कामपाले नै गर्ने भनिए पनि बालगोपालेश्वर मन्दिर नियम विपरीत निर्माण गरेको भन्दै पुरातत्व विभागले आफूले नै निर्माण गर्ने जनाई रोक लगाएपछि हालसम्म काम अघि बढ्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस