९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा दरबारको पुनःनिर्माण सुरु

अ+ अ-

गोरखा । वि.सं. २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ ।

दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ । सो कार्यका लागि २० लाख बजेट उपलब्ध भएको उनले बताए ।

पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माणका लागि पाँच करोड ५० लाख उपलब्ध गराएको छ ।

दरबारका मूल पूजारी प्रदीपनाथ योगीले नेपाल एकीकरणको थालनी भएको गोरखा दरबारलाई पुनःनिर्माण गरेपछि भावी सन्ततीलाई यसबारे जानकारी गराउन सकिने भन्दै खुशी व्यक्त गरे । भूकम्पले दरबारको गारो चर्कनुका साथै आँगन दबेको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्याभिषेक गरेको गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर (राजपरिवारको कुलदेवता), गोरखनाथ गुफा, रोट पोल्ने ठाउँ, चौधेरा दरबार (राजपरिवार आउँदा बस्ने ठाउँ), विद्यामन्दिर, पण्डित पाटी, पशुपतिनाथको मन्दिर, शीत्तल पाटीलगायतलाई भूकम्पले क्षति पुर्याएको थियो ।

गोरखनाथ गुफास्थित मन्दिरको पुनःनिर्माण सकिएको छ । भूकम्पपछि एक महिनासम्म दरबारमा पूजाअर्चनाका लागि भक्तजनलाई रोक लगाइएको थियो । भूकम्पबाट क्षति पुगेका संरचना हटाएपछि अहिले निर्वाध रुपमा पूर्जाअर्चना हुँदै आएको छ । गारो चर्किएकाले जुनसुकै बेला भत्कन सक्ने खतरा थियो । भूकम्पपछि प्राप्त भएको रु ३६ लाख बजेटमा भत्किएका केही संरचना पुनःनिर्माण गरिएका छन् ।

दरबारको पुनःनिर्माण गर्न करिब तीन वर्ष लाग्ने छ । पुनःर्निर्माण गरिँदा पूजाआजा नरोकिने गरी व्यस्थापन गर्न लागिएको छ । रासस

प्रतिक्रिया दिनुहोस