९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी

अ+ अ-

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणका क्रममा दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ ।

भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको सो प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरका यस्तै भ्रमणहरुको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवं समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ,  संयुक्त विज्ञप्तिमा भनिएको छ – “भारतीय प्रधानमन्त्रीले नेपालको तराई क्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गर्नुभएको छ ।”

त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गरेका छन् ।

नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे ।

त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालीम एवं अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गरे ।

दिगो विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रममार्फत नेपालमा जारी रहेका भारतीय आयोजनाहरुको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुबै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराएको र उनको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गरेका थिए ।

नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउनेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ–
“पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने तथा यसका माध्यमबाट दुई देशबीचमा जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्फत आर्थिक विकासमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।”

त्यस्तै विज्ञप्तिमा जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डिपिआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको उल्लेख छ ।

त्यसैगरी जलस्रोतको विकास, दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरुको प्रगतिका क्षेत्रमा पनि विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीचको सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशको संयुक्त सहकार्यजस्ता विषयमा विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार हस्ताक्षर भएका आठवटा विभिन्न समझदारी र सम्झौताका बारेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस