१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ्

अ+ अ-

चीन । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् ।

चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएका समाचारमा जनाइएको छ ।

चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राखेका सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ ।

चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताएका थिए ।

दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उनको जोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उनले सो भेटका क्रममा जोड दिए ।

उनीहरुबीच द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ ।

ब्रिक्सको नवौँ सम्मेलन चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा सियामेन घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको सो सम्मेलनद्धारा जारी उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको बिकासमा जोड दिएको राष्ट्रपति चिनफिङ्ले जानकारी दिए ।

चीन र भारतबीच अर्को छिमेकी देश भुटानको समेत सिमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको छ । त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । रासस/सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस