१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विजयादशमी

अ+ अ-

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीको मुख्य पर्व दसैं (विजयादशमी) हर्षाेल्लासपूर्वक आज मनाइँदैछ । आश्विन शुक्ल दशमीमा मनाइने यस पर्वमा मान्यजनबाट रातो टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ । यस वर्ष दसैं टीकाको उत्तम साइत ११:५५ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीलाई असत्यमाथि सत्य तथा आसूरी शक्तिमाथि दैवी शक्तिको विजयोत्सवका रूपमा लिइन्छ । किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान रामले रावणलाई परास्त गर्न नवदुर्गा भवानीको पूजाअर्चना गरेको र दसौं दिनमा रावणमाथि विजयी पाएका थिए । त्यसकै खुसीयालीमा दसैं मनाउन लागिएको हो । यस पर्वमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाउने चलन छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म (नवरात्र) शक्तिको आराधना गरिन्छ । प्रत्येक दिन फरक–फरक देवीको पूजा गरिन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाको पूजा गर्ने प्रचलन छ । नवरात्रमा सप्तशती(चण्डी) पाठ गर्ने तथा नवदुर्गा र त्रिशक्ति (महाकाली, महालक्ष्मी र महासरस्वती)को विशेष पूजाआजा र आराधना गरिन्छ ।

वरपरका मानिसलाई समेत सजिलो होस् भनेर पूर्णिमासम्म दसैंको टीका थाप्ने चलन छ । यस दिन नाता, कुटुम्ब, ठुला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने, नयाँ कपडा लगाउने, मिठा परिकार खाने चलन छ ।

दसैंका अवसरमा तराईका केही जिल्लामा रावणको पुतला बनाएर दहन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस